नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन जनपरिचालन कमिटीले महाधिवेशनमा जनसंगठन परिचालन कमिटी गठन गरेको छ ।
जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले खिमलाल भट्टराई संयोजक रहने गरी जनसंगठन परिचालन कमिटी गठन गरेको हो ।
कमिटीले महाधिवेशनमा एमालेका २२ वटा जनसंगठनलाई परिचालन गर्ने मुख्य जिम्मेवारी पाएको संयोजक भट्टराईले बताए । त्यस कमिटीमा सबै जनसंगठनका इन्चार्ज र अध्यक्षहरू सदस्य रहने व्यवस्था गरिएको उनले बताए ।
सबै जनसंगठनका इन्चार्ज र अध्यक्ष सदस्य रहँदा ५७ जना सदस्य र...