राष्ट्रियसभाका सदस्य खिमलाल भट्टराईले सत्ता गठबन्धनका नेताहरुमा अहंकार देखिएका बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा विधान व्यवस्था समितिको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै उनले सभामुखको भूमिकामा पनि प्रश्न उठाए ।उनले भने, ‘सभामुख पनि लोकतन्त्रमा एउटा संस्था हो, त्यो संस्था रोबोटजस्तो भयो कि ! समन्वय गर्ने सभामुखको दायित्व हो । विषयवस्तुलाई छलफलमा लैजाने भूमिका सभामुखको हो तर सभामुखको भूमिका संस्थागत रुपमा चलेको देखि