चीनले कोरोना भाइरस परीक्षण गर्न नयाँ तरिकाले परीक्षण थालेको छ । सम्भावित संक्रमितको मलद्वारबाट स्वाब निकालेर परीक्षण गर्न चीनले शुरू गरेको हो ।
चीनमा नयाँ तरिकाले कोरोना परीक्षण गर्न राष्ट्रव्यापी नीति छैन । चीनका उत्तरी क्षेत्रका करीब १ हजार ७ सय सम्भावित संक्रमितमा मलद्वारबाट स्वाब लिएर परीक्षण गर्न शुरू गरिएको हो ।
यस विधिमा भिजाइएको कपासलाई दुई देखि तीन सेन्टिमिटरसम्म सम्भावित संक्रमितको मलद्वारमा राखिन्छ । त्यसपछि परीक्षणका लागि प्रयोगशाला लगिन्छ ।
चीनको बेइजिङमा एक साता अघि स्कूलका करीब १ हजार विद्यार्थी र शिक्षकह...