ताप्लेजुङ – ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् । फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट स्वाब सङ्कलन गरी पठाएको पीसीआर परीक्षण रिपोर्ट अझै आएको छैन ।
सुकेटारबाट एक सय ५२ जना र जिल्ला अस्पतालमा सङ्कलन गरिएका ५४ गरी दुई सय ६ जनाको स्वाब पठाएकोमा सोमवार एक सय ६ जनाको रिपोर्ट आएको र बाँकी सुकेटार क्षेत्रमा सङ्कलन गरिएको एक सय जनाको स्वाबको रिपोर्ट अझै आएको छैन । गएको बिहीवार स्वाब दिए पनि अहिलेसम्म रिपोर्ट नआएको नरेन्द्र कट...