इलाम र कञ्चनबारीमा ज्योति विकास बैंकका शाखा

ज्योति विकास बैंकले बुधबार इलाम र कञ्चनबारीमा दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको बैकले जनाएको छ । इलाम नगरपालिका ७– इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको उद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उद्घाटन […]

सम्बन्धित सामग्री

गोकर्णमा ज्योति विकास बैंकको नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंक (Jyoti Bikash Bank)ले बिहीवार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा १२०औं शाखाको औपचारिक उद्घाटन गरेको छ ।  शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्तरूपमा गरेका थिए । सो अवसरमा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल लगायत विभिन्न पदाधिकारी, कर्मचारी, ग्राहक तथा स्थानीय व्यवसायीको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि रिसालले बैंकको शाखाले सो क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा थप सुलभ र सहज बनाउने अपेक्षा गरे । बैंकका सञ्चालक श्रेष्ठले सहज, सरल र आधुनिक बैंकिङ सेवा प्रदान गर्न बैंक सधैं प्रतिबद्ध रहेको बताए ।  बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकालले देशको उद्यमशीलता र अर्थतन्त्रमा योगदान गर्ने ध्येय बोकी नागरिकको समृद्धिमा सधैं साथ दिन र उच्चतम बैंकिङ सेवा प्रदान गर्न अग्रसर रहेको बताए ।

ज्योति विकास बैंक–सुनसरी रत्न तथा आभूषण संघ अन्तरक्रिया

काठमाडौं (अस) । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच सुनसरीमा अन्तरक्रिया सम्पन्न भएको छ । सुनसरी रत्न तथा आभूषण संघद्वारा सुरु गरिएको ‘स्वच्छ व्यवसाय : सम्मानित व्यवसायी’ नामक अन्तरक्रिया कार्यक्रममा बैंकका तर्फबाट इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमश्वर शाक्य, बैंकका धरान शाखा प्रबन्धक प्रकाश झा, इटहरी शाखा प्रबन्धक चन्द्रदीप पहाडी, विराटनगर शाखा प्रबन्धक देवीप्रसाद चम्लागाई उपस्थित थिए । उक्त कार्यक्रममा सुनसरी रत्न तथा आभूषण संघका अध्यक्ष टेकबहादुर यङदेन, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ प्रदेश १ संयोजक तथा संघका संस्थापक अध्यक्ष विसन शाक्य तथा धरान, इटहरी, इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालीगढको उपस्थिति थियो । अन्तरक्रियामा व्यवसायी र बैंकबीच बैंकिङ सहकार्यबारे छलफल भएको थियो । बैंक र महासंघमा आबद्ध व्यवसायी एवं ती संस्थामा कार्यरत कालीगढ एवं कर्मचारीलाई बिनाधितो सहुलियत कर्जा र विशेष छुटमा व्यावसायिक ऋण उपलब्ध गराउने, वित्तीय साक्षरता, उद्यमशीलता विकासका निम्ति संघसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउन गत असार २० गते दुई पक्षबीच सम्झौता भएको थियो ।

ज्योति विकास बैंक–क्यान सहकार्य

काठमाडौं (अस) । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनका लागि सहकार्य सम्झौता भएको छ । दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम एवं सेवा विस्तार तथा कार्यान्वयनका लागि कार्यक्रम सञ्चालनमा ल्याउनेछन् । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र क्यानका उपाध्यक्ष रञ्जितकुमार पोदरले हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले क्यानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँसम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नेछ । क्यानअन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा उपलब्ध गराउनेछ । बैंकले हाल १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच कर्जा सम्बन्धी सम्झौता

असार १३, काठमाडौं । ज्योति विकास बैंक र सिप्रदि ट्रेडिङबीच टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरीदको लागि कर्जा सम्बन्धि सम्झौता भएको छ ।  सम्झौता अन्तर्गत सिप्रदि ट्रेडिङको सिफारिस प्राप्त ग्राहकहरुले टाटा ब्राण्डका पिकअप र कार्गो गाडि खरीदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने बैंकले बताएको छ ।   सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कँडेल तथा सिप्रदि ट्रेडिङको तर्फबाट कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका हुन् ।  यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा ब्राण्डका पिकअप र कार्गो गाडि ग्राहकहरुलाई ७० प्रतिशतसम्म कर्जासजिलै प्राप्त हुनेछ । बैंकको देशभरि फैलिएका १०५ ओटै शाखाबाट उक्त सवारी कर्जा सेवाको लाभ लिन सकिने जानकारी दिइएको छ । गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा ब्राण्डका गाडि खरीद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ । सिप्रदि ट्रेडिङले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा गाडि खरीदविक्रीसेवा दिंदै आएको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ ओटा एटिएम मार्फत बैंकिङ सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

ज्योति विकास बैंक सिनामंगलमा

ज्योति विकास बैंकले सोमबार काठमाण्डौको सिनामंगलमा नयाँशाखाको औपचारिक उद्घाटन गरेको जनाएको छ । बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनता माझ पुर्याउने उद्देश्यकासाथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको भन्दै बैंकले यस नयाँ शाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै राखेको पनि जनाएको छ ।

ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

ज्योति विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सकाबीच मंगलबार बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरूमार्फत एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा योजनाहरू बिक्री गर्ने एवं अभिकर्ता तथा बिमितहरूलाई छिटो, छरितो एवं भरपर्दो सेवा पु¥याउने उद्देश्येले दुई संस्थाकाबीच बैंकासुरेन्स सम्झौता भएको छ ।

ज्योतिविकास बैंकको नयाँ शाखा दमकमा

प्रमुख अथिति नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा विशेष अतिथि दमक नगरपालिका–६ का अधक्ष्य टेकबहादुर थापाद्वारा एक कार्यक्रमकाबीच मंगलबार संयुक्त रूपमा ज्योति विकास बैंक दमक शाखा कार्यालयको उद्घाटन गरे ।

दमकमा ज्योति विकास बैंक

झापाको दमकमा ज्योति विकास बैंक सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य र दमक नगरपालिका–६ का वडाअध्यक्ष टेकबहादुर थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंक शाखा थपेको थपै, धनगढिमा पनि शाखा विस्तार :: BIZMANDU.COM

काठमाडौँ। ज्योति विकास बैंकले कैलालीको धनगढीमा बुधबार नयाँ शाखा बिस्तार गरेको छ। बैंकले धनगढी उपमाहानगरपालिका चौराहमा नयाँ शाखा विस्तार