काठमाडौं (अस) । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवद्र्धनका लागि सहकार्य सम्झौता भएको छ ।
दुई संस्थाले संयुक्त रूपमा देशका विभिन्न ठाउँमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवद्र्धन, तालिम एवं सेवा विस्तार तथा कार्यान्वयनका लागि कार्यक्रम सञ्चालनमा ल्याउनेछन् ।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र क्यानका उपाध्यक्ष रञ्जितकुमार पोदरले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकले क्यानमा आबद्ध व्यवसायी तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विशेष छुटमा प्रोफेसनल लोन, १५ लाख रुपैयाँसम्मको बिनाधितो सहुलियतपूर्ण कर्जा, साना तथा मझौला कर्जा प्रदान गर्नेछ । क्यानअन्तर्गतका व्यवसायीलाई डिजिटल बैंकिङ सेवा उपलब्ध गराउनेछ ।
बैंकले हाल १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।