मध्यरातमा एमाले बैठक– पदाधिकारी थप्ने, पोलिटब्युरो बनाउने र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय

नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न नेकपा एमालेले पदाधिकारीको संख्या बढाएर १९ जना पुर्‍याउन प्रस्ताव गरेको छ । शुक्रवार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या थप गर्ने, केन्द्रीय सदस्यको संख्या २२५ बाट ३०१ पुर्याउने तथा पोलिटब्युरो गठन गर्ने प्रस्ताव पारित भएको हो ।  अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । शनिवार शुरु हुने बन्दशत्रमा यो प्रस्ताव पेश गरिने छ । ...

सम्बन्धित सामग्री

एमाले बैठक : समानुपातिकलाई नदोहोर्‍याउने, प्रत्यक्षतर्फ जित्नेलाई फेरि अवसर

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ। ललितपुरको च्यासलस्थित बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रतयक्ष निर्वाचित हुने क्षेत्रमा ‘कतिपटक उम्मेदवारु भन्ने तर्क व्यवहारिक नहुने नीति लिएको छ। त्यस्ता क्षेत्रमा एमालेले जनाधारमात्र नभएर दाउपेच, […]

एमाले बैठक : ओलीको प्रतिवेदनमाथि नौ समूहमा छलफल

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरु नौ समूहमा विभाजन भएर छलफल हुने भएको छ ।एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पहिलो दिनको बैठकमा अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनमा समूह विभाजनमार्फत छलफल हुने जानकारी दिए ।पहिलो दिनको बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय भएकोमा त्यसमध्येका अधिकांशमा छलफल र निर्णय भएको छ । त्यसमा पार्टीका विभिन्न केन्द्रीय आयोगका अध्यक्षले आआफ्ना प्रतिवे

एमाले बैठक : यी एजेन्डामा हुँदैछ छलफल

नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । बैठक आज ११ बजे केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ ।आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ । बैठकको कार्यसूची यसप्रकार छ१. अध्यक्षको राजनीतिक प्रतिवेद

एमाले बैठक : स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित

काठमाडौँ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड पारित गरेको छ । केन्द्रीय सचिवालयको मङ्गलवार साँझ बसेको बैठकले उम्मेदवार सिफारिसको मापदण्ड पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले वडाध्यक्ष र सदस्यहरूको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने विधि तय गरेको छ । […]

जर्मन होम हस्पिटालिटीमा एमाले बैठक जारी

भक्तपुर, २६ मङ्सिर: नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोश्रो दिनको बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको जर्मन होम हस्पिटालिटीमा सुरु भएको छ । पहिलो दिनको बैठकले विभिन्न नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय गर्ने भएको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले केन्द्रीय कमिटीको पहिलो दिनको बैठक १५ मध्ये […]

सुदूरपश्चिममा एमाले बैठक बस्दा भीम रावलको आपत्ति

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलवार राखिएको बैठकप्रति केन्द्रीय उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाउँदै उपाध्यक्ष रावलले मंगलवारको बैठक १०बुँदे सहमति विपरीत रहेको जनाएका छन् । मंगलवार राखिएको बैठकका निर्णय अवैध र अमान्य हुने रावलले बताएका छन् । उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि...

एमाले बैठक जारी

काठमाडौं, २५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा चलिरहेको छ । बैठकले स्थायी कमिटी बैठकले निर्णय गरेको विधान संशोधनसम्बन्धी प्रस्तावबारे छलफल गरिरहेको छ । बैठकमा राजनीतिक र सांगठनिक प्रस्तावलाई संयुक्त बनाइएको प्रस्तावबारे पनि छलफल चलिरहेको बुझिएको छ । एमाले बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय […]

आज पनि बस्दै एमाले बैठक

नेकपा एमालेको केन्द्रीय समिति  बैठक आज पनि बस्दैछ।  ललितपुरको च्यासलमा बस्ने बैठकमा  एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे निर्णय हुन सक्ने बताइएको छ । बिहीबारको बैठकले कारबाहीबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

एमाले बैठक–माधव नेपाल पक्षको कारबाहीबारे निर्णय भएन

नेकपा एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे आज बसेको केन्द्रीय समिति बैठकले केही निर्णय गरेन । बिहीबारको बैठकले यसबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । एमालेले बिहीबार ३ बजेका लागि अर्को बैठक बोलाएको छ ।

एमाले बैठक बस्दै, नेपाल समूह आक्रोशित

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए  । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ । ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ । पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुग