नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलवार राखिएको बैठकप्रति केन्द्रीय उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाउँदै उपाध्यक्ष रावलले मंगलवारको बैठक १०बुँदे सहमति विपरीत रहेको जनाएका छन् ।
मंगलवार राखिएको बैठकका निर्णय अवैध र अमान्य हुने रावलले बताएका छन् ।
उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि...