एमाले बैठक–माधव नेपाल पक्षको कारबाहीबारे निर्णय भएन

नेकपा एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे आज बसेको केन्द्रीय समिति बैठकले केही निर्णय गरेन । बिहीबारको बैठकले यसबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । एमालेले बिहीबार ३ बजेका लागि अर्को बैठक बोलाएको छ ।  

सम्बन्धित सामग्री

नेपाल समूहबिना नै अघि बढ्यो एमाले

पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ ।एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको प्रस्तावलाई अनुमोदन गर्दै पहिलोपटक पार्टीको विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटीले प्रस्ताव गरेको संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गर

देउवा सरकारमा नजाने र एमाले एकता प्रयास जारी राख्ने नेपाल पक्षको निर्णय

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ । काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको बैठकले देउवा सरकारमा नजाने र एमाले एकताका लागि कार्यदलस्तरमा छलफललाई निरन्तरता दिने निर्णय गरेका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए । बैठकले एकताको विकल्प बाँकी रहेकाले एकता प्रयास जारी राख्ने समझदारी गरेको छ । हालै एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालविरुद्ध दिएको अभिव्यक्तिलाई...

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक सम्पन्न, पार्टी एकतामा जोड दिने निर्णय

काठमाडौं, ११ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा पार्टी एकताको लागि गम्भीर भएर लागिपर्ने निश्कर्ष निकालिएको छ । त्यस्तै, पार्टीमा दुई अध्यक्ष बनाएर आगामी महाधिवेशनसम्म लैजानेगरि छलफल चलेको छ । यसअघि एमाले विवाद समाधानको लागि कार्यदलले १० बुँदे खाका अघि […]

ओलीले भोलिको लागि बोलाएको बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय

काठमाडौं, १७ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ। आज बुद्धनगरको क्वालिटी बैक्वेटमा बसेको बैठकले भोलि (शुक्रबार) को लागि बोलाईएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ । हिजो बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले भोलिको लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । हिजोको बैठकले […]

एमाले अध्यक्ष ओलीविरुद्ध देशव्यापी अभियान चलाउने नेपाल पक्षको निर्णय

काठमाडौं। एमाले नेता माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीको कदम र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफूहरुको अभियान बन्द नगर्ने निष्कर्ष निकालेको छ। बुधबार कलंकीको एक होटलमा छलफल पछि नेता भीम रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित काम गरेकाले देशव्यापी अभियान जारी रहने बताए। "जबसम्म पार्टीको विधान मिच्ने क्रियाकलाप बन्द हुँदैनन्, सच्याइदैन, तबसम्म हामी अघि बढ्छौ," रावलले भने।

के आउला माधव नेपाल पक्षको निर्णय ?

काठमाडौं। एमाले नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। कलंकीको एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला विपरीत निर्णय लिएको भन्दै उक्त समूहले भूगोल र जनसंगठनमा समानान्तर कमिटी बनाइरहेको छ।

ओलीको निर्णयविरुद्ध खनाल-नेपाल पक्षको रिट दर्ता भएन

एमाले अध्यक्ष केपी शर्मा ओलीको एकतर्फी निर्णय रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको झलनाथ खनाल र माधव नेपाल पक्षको रिट निवेदन बुधबार दर्ता हुन सकेन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ यता गरेका निर्णय र आफुहरुलाई सोधेको स्पष्टीकरण विरुद्ध वरिष्ठ नेता खनाल- नेपाल समूह सर्वोच्च अदालत पुगेपछि बुधबार समय अभावका कारण रिट निवेदन दर्ता हुन नसकेको हो ।खनाल-नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराई र शम्भु थापा लगायतका कानुन व्यवसा

भोलिको केन्द्रीय समिति बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय

काठमाडौं । नेकपा (एमाले) माधव नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी सदस्यहरूको बैठकले अध्यक्ष केपी शर्मा ओलीले चैत ७ गते बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ । सो पक्षको शुक्रबार बानेश्वरमा बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो ।सो पक्षले विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरेको पनि जनाएको छ ।एमाले उपाध्यक्ष भी

ओली–नेपाल बैठक : फागनु २८ गतेकाे निर्णय खारेज हुनुपर्ने नेपाल पक्षको अडान

नेकपा (एमाले)का दुवै पक्ष (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष)बीचको बैठकमा नेपाल पक्षले फागनु २८ गते भएको निर्णय खारेज हुनुपर्ने अडान राखेको छ।...