फागुन २७, काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सातौ वार्षिक साधारण सभा शनिवार हुदैछ । सभा बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भर्चुअल माध्यमबाट गरिने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
साथै सभाले यस ग्रामीण विकास लघुवित्त र अन्य कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ती गर्ने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
कम्पनीले यस वर्ष शेयरधनलिाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । सातौ वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १७ गते देखि २८ गते सम्म बुक क्लोज गरेको छ यस आधारमा फागुन १६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।