पाकिस्तानले पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ ।
भारतसहितका छिमेकी देशसँग शान्तिपूर्ण सम्बन्धको नीति अवलम्बन गर्ने लगायतका विषय समेटेर पाकिस्तानले सुरक्षा नीति तयार पारेको हो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज एक सय पेजको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्नुभयो ।
कश्मीरको मुद्दाकाे टुङ्गो नलागे पनि पाकिस्तानले भारतसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गरी व्यापार विस्तारलाई महत्त्व दिएकाे छ। सुरक्षा नीति सार्वजनिक गर्दै प्रधानमन्त्री खानले देशको सुरक्षा सरकारको मुख्य प्राथमिकता ...