सरकारले तीन वर्षअघि जारी गरेको राष्ट्रिय सुरक्षा नीति अझै गुपचुप राखिएको छ । राष्ट्रिय सुरक्षा नीतिलाई अति गोप्य दस्तावेजका रूपमा राखिए पनि संवेदनशीलबाहेकका विषय सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले २०७५ असोज १ मा ‘राष्ट्रिय सुरक्षा नीति–२०७३’ परिमार्जन गर्ने निर्णय गरेको थियो ।