राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको माग

काठमाडौँ : सुरक्षा विज्ञहरूले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। आइतवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सुरक्षाविज्ञहरूले राष्ट्रिय सुरक्षा नीतिको समयानुकूल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।बैठकमा बोल्दै पूर्वसचिव तथा राष्ट्रिय सुरक्षाविज्ञ खेमराज रेग्मीले प्रदेश सरकारका गृहमन्त्री र गृहसचिवलाई कुनै अधिकार नदिएको भन्दै यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। उनले प्रमुख जिल्ला अधिकारीलाई प्रद

सम्बन्धित सामग्री

राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँः सांसद गुरुङ

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताएका छन्।...

‘राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा’

काठमाडौं, असार १२ । विनियोजन विधेयक २०८० को मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नमा प्रतिनिधि सभामा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम सोमबार पनि जारी रह्यो । सोमबार विभिन्न आठ मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिएका छन् । आज विभागीय मन्त्रीले जवाफ दिने क्रम सक्ने तयारी छ । मङ्गलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, शिक्षा, […]

राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताएका छन्। बुधबार राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।उनले सुरक्षा नीति, प्रतिरक्षा नीतिलगायत नीतिलाई सरकारले कार्यान्वयनमा लगेको दाबीसमेत गरे। उनले सरकारले राष्ट्रिय सुरक्षा नीति र यस क्षेत्रको प्रभावकारिताका लागि एकीकृत कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय तथा निकायहरूमा कार्यान्वयनका लागि पठाएको पनि बताए।प्रधानमन्त्री दे

राष्ट्रिय सुरक्षा नीतिको ‘मार्गनिर्देशिका पुस्तिका’ कार्यान्वयनमा

राष्ट्रिय सुरक्षा नीति–२०७५ को एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनमा आएको छ । बुधवार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २१ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीले मार्गनिर्देशिका पुस्तिकामा हस्ताक्षर गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले तयार गरेको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनका लागी सम्बन्धित मन्त्रालयमा पठाइने सुरक्षा परिषद्को सचिवालयले जनाएको छ । राष्ट्रिय सुरक्षा तिनीको आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका तयार पारेको हो ।&nbs

राष्ट्रिय सुरक्षा नीति अझै गुपचुप

सरकारले तीन वर्षअघि जारी गरेको राष्ट्रिय सुरक्षा नीति अझै गुपचुप राखिएको छ । राष्ट्रिय सुरक्षा नीतिलाई अति गोप्य दस्तावेजका रूपमा राखिए पनि संवेदनशीलबाहेकका विषय सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले २०७५ असोज १ मा ‘राष्ट्रिय सुरक्षा नीति–२०७३’ परिमार्जन गर्ने निर्णय गरेको थियो ।

पाकिस्तानद्वारा पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक

पाकिस्तानले पहिलो पटक नयाँ राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गरेको छ । भारतसहितका छिमेकी देशसँग शान्तिपूर्ण सम्बन्धको नीति अवलम्बन गर्ने लगायतका विषय समेटेर पाकिस्तानले सुरक्षा नीति तयार पारेको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आज एक सय पेजको राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्नुभयो । कश्मीरको मुद्दाकाे टुङ्गो नलागे पनि पाकिस्तानले भारतसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गरी व्यापार विस्तारलाई महत्त्व दिएकाे छ। सुरक्षा नीति सार्वजनिक गर्दै प्रधानमन्त्री खानले देशको सुरक्षा सरकारको मुख्य प्राथमिकता ...

सरकारको साझा न्युनतम कार्यक्रम: राष्ट्रिय सुरक्षा नीति परिवर्तन गर्ने

सरकारले राष्ट्र हितको सम्वर्द्धनका लागि राष्ट्रिय सुरक्षा नीति परिवर्तन गर्ने भएको छ ।  आइतबार सार्वजनिक गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रममा देशको सार्वभौम सत्ता, भौगोलिकता र जनताको जीउधनको रक्षाको पूर्ण प्रत्याभूति हुनेगरी राष्ट्रिय सुरक्षा नीतिमा आवश्यक परिमार्जन गरी कार्यन्वयन गर्ने र देशको स्वाभिमानको रक्षा गर्ने  उल्लेख छ ।त्यस्तै लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमा समस्याहरु कुटनीतिक माध्यमबाट समाधान गर्ने । सीमा सुरक्षा र तस्करी