एनसीसी बैंकको साधारणसभा स्थगित गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैङ्क (एनसीसी बैंक) लाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । बैंकले मङ्सिर २ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको थियो । आयोगले राजनीतिक कारण देखाउदै बैंकको साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो  । बैंकका संचालक रहेका मोहन बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्  ।  उनी कांग्रेसका तर्फबाट पूर्वमन्त्री तथा हाल केन्द्रीय सदस्य समेत हुन् ।उम्मेदवार नै सञ्चालक रहेको बैंकको साधारण सभा आगामी मंसिर २ गते काठमाण्डौमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि शुरु भइसकेपछि ठूलो संख्यामा मानिसहरु भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेर समेतको व्यवस्था गरी साधारण सभा गर्दा निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुको साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत खलल पर्न सक्ने अवस्थाको स्पष्ट विद्यमानता देखिएको भन्दै सभा रोक्न उजुरी परेको आयोगले जनाएको छ।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३  को दफा २४ को उपदफा (५) मा “कसैले पनि मतदान हुने दिनभन्दा अठ्चालीस घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन हुँदैन” भन्ने व्यवस्था रहेको र निर्वाचन आचारसंहिता, २०७९  को दफा ४, सबैले पालना गर्नुपर्ने आचरण अन्तरगत खण्ड (न) मा “कुनै प्रकारले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने” व्यवस्था रहेकोले सभा स्थगित गर्न निर्देशन दिईएको बैंकले जनाएको छ ।

सम्बन्धित सामग्री

बैंकको साधारणसभा स्थगन गर्न निर्देशन

निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका व्यक्तिसमेत सञ्चालक रहेको त्यस बैंकको साधारणसभा आगामी मङ्सिर २ गते काठमाडौँमा सम्पन्न हुने गरी आयोजना गरिएको र मौन अवधि सुरु भइसकेपछि ठूलो सङ्ख्यामा मानिस भेला गराई राजनीतिक प्रभाव पार्ने उद्देश्यले भोजभतेरसमेतको व्यवस्था गर्न लागेको उजुरी परेपछि आयोगले सभा रोक्न निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता विपरीत त्यसर

एन्फा विशेष साधारणसभा १५ चैतमा

अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित विशेष साधारण सभा १५ चैतमा हुने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार विशेष साधारणसभाका लागि सूचना जारी गरेका हुन् । यसअघि उल्लेखित तीन चुनावी एजेन्डामा एउटा थप गरी पठाइएको छ  ।४ चैतमा पठाइएको पत्रमा (१) निर्वाचन समिति गठन सम्बन्धमा, (२) निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धमा र (३) उम्मेदवारको मनोनयन शुल्क निर्धारण सम्बन्धमा’ मात्रै समावेश थियो । महासचिव तुलाधरले शुक्रबार सर्कुलर गरेको पत्रमा ९३० नम्बर बुँदामा ‘संघको वार्षिक

महालक्ष्मी विकास बैंकलाई साधारणसभा गर्ने बाटो खुल्यो

महालक्ष्मी विकास बैंकलाई साधारणसभा र संचालकको निर्वाचन गर्ने बाटो खुलेको छ । उच्च अदालत पाटनले यस विषयमा परेको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार गरेपछि बैंकलाई साधारणसभा गर्ने र संचालकको निर्वाचन गर्ने बाटो खुलेको हो ।बैंकका शेयरधनी गिरिराज पोख्रेल र प्रमोद श्रेष्ठले बैंकको साधारणसभा र निर्वाचन कार्यक्रम रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले  बैंकको साधारणसभा र निर्वाचन कार्यक्रम रोक्न आदेश दिएको थियो । यस समबन्धि मुद्दामा आज पनि सुनुवाई भएकोमा अदालतले अन्तरिम आदेश नहुने फैसला गरेको हो । न्यायाधीश विपुल न्यौपाने र निलम पौडेलको संयुक्त इजलाशले निवेदकको माग बमोजिमको अन्तरिम आदेश नहुने फैसला गरेको हो । यस संगै बैंकलाई साधारणसभा गर्ने र संचालकको निर्वाचन गर्ने बाटो खुलेको हो । बैंकले पुस २५ गते आइतबारको लागि साधारणसभा आह्वान गरेको थियो । सो सभामा अदालतले निर्वाचनको कार्यक्रम नगर्न आदेश दिएको थियो । तर गणपुरक संख्या नपुगेपछि सो दिनको सभा स्थगित भएर माघ ३ गतेको लागि सभा आह्वान भएको थियो । अदालतको आदेशपछि आज माघ ३ दिने गतेको लागि तोकिएको सभा पनि स्थगित भएको छ । अदालतको आदेश संगै अब बैंकले साधारणसभाको अर्को मिति तोक्ने छ ।  कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

अदालतको आदेशपछि महालक्ष्मी विकास बैंकको आज हुने भनिएको साधारणसभा स्थगित

महालक्ष्मी विकास बैंकको आज माघ ३ गते सोमबार हुने भनिएको साधारणसभा पनि स्थगित भएको छ  । पुस २५ गते आइतबारको लागि बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएसंगै बैंकले आज माघ ३ गतेको लागि सभा आह्वान गरेको थियो ।तर उच्च अदालत पाटनले साधारणसभा नगर्न अन्तरिम आदेश दिएसंगै आज हुने भनिएको बैंकको सभा स्थगित भएको हो । बैंकका शेयरधनी गिरिराज पोख्रेल र प्रमोद श्रेष्ठले सभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै अदालतले कारण देखाउ आदेश जारी गर्दै साधारणसभा रोक्न आदेश दिएको थियो । यिनै निवेदकले संचालकको निर्वाचनको समबन्धमा अर्को मुद्दा पनि दायर गरेकोले यी २ विषय अन्तरसमबन्धित भएकोले अर्को मुद्दाको निवेदनको टुंगो नलागेसम्म सभा तोक्न अदालतले आदेश दिएको हो । उक्त मुद्दाको पेशी आज तोकिएको छ ।अदालतको आदेशमा भनिएको छ  “यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सन्दर्भमा विचार गर्दा, यीनै निवेदकले यीनै विपक्षीहरु उपर यस अदालतमा दायर गरेको ०७८-wo-०६४६ नं. को निवेदनको रोहबाट निवेदनमा उल्लेखित महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा र निर्वाचन सम्बन्धी विषयमा अन्तरिम छलफल गर्नको लागि मिति २०७८/१०/०३ लाई पेशी तोकिएको स्थितिमा बैंकको वार्षिक साधारण सभा र सञ्चालक समितिको निर्वाचन कार्यक्रम अन्तरसम्वन्धित भएको हुँदा सुविधा र सन्तुलनको दृष्टिकोणबाट उक्त ०७८-wo-०६४६ को रिट निवेदनको अन्तरिम आदेश सम्वन्धी छलफलको टुङ्गो नलागेसम्मको लागि विपक्षी महालक्ष्मी विकास बैंक लि.को स्थगित भई पुनः मिति २०७८/१०/०३ मा गर्ने भनिएको साधारण सभा नगर्नु नगराउनु भनि उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरी दिएको छ' ।कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

सर्वसम्मत नभएपछि वैदेशिक रोजगार व्यवसायी संघको निर्वचन स्थगित

२८ मंसिर, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा नेतृत्व चयन नगरी स्थगित भएको छ । विभिन्न राजनीतिक दल निकटमा व्यवसायी संघहरुबीच सर्वसहतिमा नेतृत्व चयन गर्ने गरी निर्वाचन प्रक्रिया शुरु भएपनि बाघी उम्मेदरवार खडा भएपछि निर्वाचन समिति नै भंग गरेर साधारणसभा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो । पूर्व सहमतिअनुसार नेपाली कांग्रेस निकट नेपाल […]

कोरम नपुगेर स्थगित भएको महालक्ष्मी विकास बैंकको साधारणसभा अब कहिले ?

महालक्ष्मी बिकास बैंकको स्थगित भएको साधारणसभा माघ ३ गते मंगलबार हुने भएको छ  । पुस २५ गते आइतबारको लागि बोलाईएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएसंगै अर्को साधारणसभा माघ ३ गते हुने भएको हो । कम्पनीले भर्चुअल रुपमा साधारणसभा गर्ने जनाएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक बर्ष २०७७-०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।    सभामा  सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा सामाप्त आ.व. ०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने, कम्पनीको प्रबन्धकपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप समशोधनाको लागि नियामक निकायबाट निर्देशन भएमा सो को अख्तियारी संचालक समितिलाई दिने, संचालकको सेवा सुविधा वृद्धि गर्ने प्रस्ताव पेश हुने छन् । संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव भने सभामा पेश हुने छैन। संचालकको निर्वाचन रोक्न पाटन उच्च अदालतमा मुद्दा परेपछि अदालत अर्को आदेश नहुँदा निर्वाचन प्रक्रिया अगाडी नबढाउँन आदेश दिएको छ । अर्को आदेश नहुँदासम्म निर्वाचन चयन प्रक्रिया हुने छैन ।

गोर्खाज फाइनान्सको साधारणसभा फेरि स्थगित

गोर्खाज फाइनान्स Gurkhas Finance Limited आज भदौ २४ मा हुने भनिएको साधारणसभा स्थगित भएको छ । उच्च अदालत पाटनले साधारणसभा स्थगन गर्न अन्तरिम आदेश दिएपछि आदेश बमोजिम सभा स्थगित गरिएको कम्पनीले जनाएको छ । कम्पनीले यस अघि बैशाख २१ गते आर्थिक वर्ष ७६/७७ को साधारणसभा आह्वान गरेको थियो। तर नयाँ भेरियन्टको कोरोना संक्रमण बढेको र निषेधाज्ञा समेत जारि भएको अवस्थामा सभा स्थगित गरेको थियो । स्थगन भएको सो सभा आज भदौ २४ गते काठमाडौँको होटेल क्राउन इम्पेरीयलमा हुने तय भएको थियो । अदालतको आदेश पछि आज हुनु पर्ने सभापनि स्थगन भएको हो ।  सभामा वित्तीय प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने, संचालको निर्वाचन गर्ने प्रस्ताव पेश हुने कार्यसूची थियो। प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा त्यसको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव समेत सभामा पेश हुने कार्य सूची थियो । सभाले सर्बसाधारणबाट प्रतिनिधित्व गर्ने  ३ जना र संस्थापकबाट प्रतिनिधित्व गर्ने  ३ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने तयारी थियो  ।  कम्पनीले साधारणसभाको लागि बैशाख ६ देखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । कम्पनीले लाभांश भने प्रस्ताव गरेको थिएँन ।

नाडाको ४५औं वार्षिक साधारण सभा स्थगित

काठमाडौं। नाडा अटोमोबाइल्सको ४५औं वार्षिक साधारण सभा स्थगित भएको छ। नाडाको केन्द्रीय कार्यसमितिको १३औं बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि नाडाको ४५औं साधारणसभा तथा २१औं निर्वाचन यही भदौ २५गते होटल सोल्टीमा हुने भनिएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै सभा सम्मेलन नगर्न भनेपछि नाडाले साधारण सभा र निर्वाचन स्थगित गरेको हो।

नाडाको निर्वाचन स्थगित

काठमाडौं (अस) । अटोमोबाइल व्यवसायीको छाता संगठन अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को २१ औं निर्वाचन स्थगित भएको छ । ४५ औं साधारणसभा तथा नयाँ नेतृत्वका लागि भदौ २५ गते निर्धारित नाडाको निर्वाचन कोरोना महामारीको संक्रमण बढ्दै गएपछि तत्कालका लागि स्थगित गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । नाडाको मंगलबार बसेको १४ औं केन्द्रीय कार्यसमिति बैठकले हाललाई सभा–सम्मेलनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएकाले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । यसअघि साउन १५ गतेको बैठकको  निर्णयअनुसार नाडाले साधारणसभा एवं निर्वाचनको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको थियो । प्रशासनले कोरोना महामारीको तेस्रो संक्रमण आउन सक्ने र संक्रमणको दर बढ्दै गएकाले अनुमति दिएको थिएन ।

कोरोनाका कारण स्थगित भयो नाडाको निर्वाचन, अब कहिले ?

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालको चुनावी साधारणसभा स्थगित भएको छ । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालको अध्यक्षतामा बसेको १४ औं केन्द्रीय कार्य समितिको बैठकले ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । साउन १५ गतेको नाडाको १३ औं कार्यसमिति बैठकले भदौ २५ गते ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन होटेल सोल्टीमा सम्पन्न गर्ने निर्णय गरेको थियो । यसका लागि अनुमति माग गर्दै नाडाले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि पठाएको थियो । तर, यस बीचमा प्रशासनले कोरोना...