अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित विशेष साधारण सभा १५ चैतमा हुने भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार विशेष साधारणसभाका लागि सूचना जारी गरेका हुन् । यसअघि उल्लेखित तीन चुनावी एजेन्डामा एउटा थप गरी पठाइएको छ ।४ चैतमा पठाइएको पत्रमा (१) निर्वाचन समिति गठन सम्बन्धमा, (२) निर्वाचन पुनरावेदन समिति गठन सम्बन्धमा र (३) उम्मेदवारको मनोनयन शुल्क निर्धारण सम्बन्धमा’ मात्रै समावेश थियो । महासचिव तुलाधरले शुक्रबार सर्कुलर गरेको पत्रमा ९३० नम्बर बुँदामा ‘संघको वार्षिक