सुनसरी - प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत सुनसरी–४ मा मतगणना भइरहेको छ । गणना अन्तिम चरणमा पुगेको छ ।
सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा छ । पछिल्लो मतगणनाको विवरण अनुसार कार्की ६८ मतले अगाडि हुनुहुन्छ । कांग्रेसका कार्कीले ३० हजार ३०९ र एमालेका कुसियैतले ३० हजार २४१ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेसका कार्की सूचना प्रविधि मन्त्री समेत हुनुहुन्छ । अब गणना गर्न बाँकी मत ३ सय ५८ मात्रै छ ।