माेरङ- सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार इनरुवा नगरपालिकाको भगवती माविमा सम्पन्न मतगणनामा गठबन्धनतर्फबाट उम्मेदवार रहेका कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन्। मतगणनाको सुरुवातबाटै कडा प्रतिस्पर्धा देखिएको यस क्षेत्रमा जित हात पारेका नेपाली कांग्रेसका नेता कार्कीले ३० हजार ४८३ […]