सुनसरी – सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ काे मतगणना भाेलि (आइतवार) बिहान ८ बजेसम्मका लागि स्थगित भएकाे छ ।
सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । कांग्रेस उम्मेदवार कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि विवाद भएको हो । मतगणनाका क्रममा हुँदै नभएको ६ सय ६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको कार्कीको आरोप छ ।
गणना रोकिनुअघि सार्वजनिक भएको परिणामअनुसार कांग्रेस उम्मेदवार ज्ञ...