भारतमा पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको अभियोग :: Pahilopost.com

नयाँदिल्लीः भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ। प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहनु भएका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खर्बौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो। उनलाई लगाइएको आरोपप्रति काँग्रेस पार्टीले खेद व्यक्त गरेको समाचारमा जनाइएको छ। विषय अदालत

सम्बन्धित सामग्री

फौजदारी र भ्रष्टाचारको अभियोग लागेका मन्त्रीले राजीनामा दिनुपर्छ : प्रेम सुवाल

१ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले फौजदारी अभियोग र भ्रष्टाचारको आरोप मन्त्रीहरुलाई राजीनामा दिन सुझाएका छन् । तर, मन्त्रीहरु को को हुन भन्नेमा उनले केही खुलाएनन् । ‘फौजदारी अभियोग र भ्रष्टाचारको आरोप लागेका मन्त्रीहरुले आफैँ राजीनामा दिनुपर्छ । वा त्यस्ता मन्त्रीहरुलाई प्रधानमन्त्रीले बर्खास्त गर्न जरुरी छ,’ बिहीबार प्रतिनिधि सभाको […]

भ्रष्टाचार आराेपमा युरोपेली संसद् सदस्य पक्राउ

भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन्। भ्रष्टाचारको अभियोग लागेका बेल्जियमका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो। बेल्जियमका सङ्घीय अभियोजनकहरूले शुक्रबार लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो। उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ। उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन्। भ्रष्टाचारको आशङ्का बेल्जियमका अधिकारीहरूले […]

भ्रष्टाचार र फौजदारी अभियोगमा मुछिएका नै सुशासनका हिमायती

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भ्रष्टाचार आरोपित, अदालतको आदेशमा कैद भुक्तान गरिरहेका र फरार व्यक्तिहरू नै जनतामाझ भोट माग्न पुगेका छन् । भ्रष्टाचारमा मुछिएका नेताहरूलाई राजनीतिक दलहरूले टिकट दिएपछि उनीहरू चौडा छातीका साथ सुशासनका हिमायती बनेर मत माग्न जनतामाझ पुगेका हुन् । आफैं भ्रष्टाचारको अभियोग लागे पनि सामाजिक न्याय, समाज रूपान्तरण र […]

फिफा भ्रष्टाचार प्रकरण– ब्लाटर र प्लाटिनीको मुद्दाको सुनुवाइ हुने मिति तय

काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका विश्व फुटबल महासंघ फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ युएफाका पूर्व अध्यक्ष मिशेल प्लाटिनीको मुद्दाको सुनुवाइ जुन महिनामा हुने भएको छ । स्विट्जरल्याण्डको अदालतमा उनीहरुको सुनुवाइ जुन ८ मा शुरु भएर जुन २२ सम्म चल्ने खेलकुद पोर्टल इएसपीएनले जनाएको छ । दुबैजनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ । फिफाको […]

त्यस्तो बीपी प्रतिष्ठान यस्तो भयो, अब यसरी सुधारौं

उपकुलपतिलगायत विभिन्न पदाधिकारी चलखेलका आधारमा नियुक्त गरिएका आरोपमात्र लागिरहेको छैन, उपकुलपतिलगायत पदाधिकारी र कर्मचारीमाथि भ्रष्टाचारको अभियोग पनि लागेको छ, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत निकायमा मुद्दा परेको छ।

भ्रष्टाचारको अभियोग लागेका गच्छदार अदालतमा हाजिर, थुनछेक बयान चल्दै

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्। ललिता निवास जग्गा प्रकरणमा फरार उनी बुधबार अदालतमा हाजिर भएका उपरजिष्टार पुष्पराज पाण्डेयले बताए। मन्त्री हुँदा ९ करोड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेको अभियोगमा उनीविरूद्ध मुद्दा दायर भएको थियो। अहिले उनको थुनछेक बयान चलिरहेको छ। कांगे्रस सभापति देउवा प्रधानमन्त्री बनेलगत्तै गच्छदारले अदालतमा आत्मसमर्पण गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ।

सनथ जयसूर्यालाई भ्रष्टाचारको अभियोग

श्रीलङ्काको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान जयसूर्यालाई अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च निकायले भ्रष्टाचारसम्बन्धी एउटा अनुसन्धानमा नसघाएको र प्रमाण नष्ट गर्न खोजेको अभियोग लगाएको छ।