नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको अभियोग लागेका व्यक्तिको बयान लिने वा नलिने भनेर गठबन्धनको बैठकले निर्णय गर्न नमिल्ने बताएका छन् । उनले ललिता निवास प्रकरणमा दुई पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने भन्ने गठबन्धनको निर्णय भएको समाचार आइरहेको भन्दै उनले गठबन्धनले त्यस्तो निर्णय गर्न नमिल्ने बताए ।