इन्डोनेसियामा हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडान

इन्डोनेसियाको राष्ट्रिय झण्डावाहक एअरलाइन्स गरुडा एअरले हवाई इन्धनमा पाम तेल मिसाएर सफलतापूर्वक उडान गरेको छ ।इन्डानेसियाले पाम तेल मिसाएर सफलतापूर्वक यात्रुवाहक उडान गरेको यो पहिलो पटक भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । एक सय जनाभन्दा धेरै यात्रु बोकेर विमान बान्टेन प्रान्तको सोकरनो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै पाँच सय ५० किलोमिटर टाढाको आदि सोमारमो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।गरुडा इन्डोनेसिया एअरका अध्यक्ष निर्देशक इरफान सेतियापुत्रले हवाई इन्धनमा पाम तेल मिसाएर व्यावसायिक उडा...