धनुषा–१ मा प्रतिनिधि सदस्यका लागि २५ जना प्रतिस्पर्धामा छन् । २५ जनामध्ये १७ जना स्वतन्त्र उम्मेदवार छन् भने आठजना मात्र दलबाट उम्मेदवारी दिएका छन् । पाँच दलीय सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सचिव मातृका यादव, जसपा–एमाले गठबन्धनका जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य दीपक कार्कीबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको चुनावमा पनि उनीहरूको बीचमा नै प्रतिस्पर्धा भएको थियो जसमा मातृका यादवले बाजी मारेका थिए । सोही क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी