पूर्व–पश्चिम राजमार्ग : दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन

दाङ – सडक डिभिजन कार्यालय दाङले पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको धानखोलादेखि शिवखोला सडक खण्डसम्म सडक मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन कार्यालय दाङले भाेलि मङ्गलवारदेखि लागू हुने गरि १५ दिने सूचना निकालेर राजमार्गको सडक क्षेत्र मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको हो । दाङ सडक खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बाँया ३१/३१ मिटरभित्र रहेका संरचना हटाउन निर्देशन दिइएकाे सूचनामा उल्लेख छ । याे सूचनालाई बेवास्ता गरेर निर्धारित मितिभ...

सम्बन्धित सामग्री

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङमा गएकाे पहिराे हटाइँदै (तस्बिरसहित)

दाङ - पहिराेका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्गकाे दाङखण्ड खुलाउने प्रयास भइरहेकाे छ । लगातारकाे वर्षापछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङका विभिन्न ठाउँमा गएकाे पहिराे हटाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे हाे ।  यस्तै अवरुद्ध रहेकाे लमही‍-घोराही सडक खण्डकाे पहिरो हटाएर खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ ।  याे सडक खण्ड हिजाे शुक्रवारदेखि बन्द रहेको छ । आज बिहान ६ बजेदेखि दिउँसोको १२ बजेसम्ममा पाँच वटा पहिरो हटाइएको रणसि...

हट्याे अवरुद्ध पूर्व-पश्चिम राजमार्गकाे पहिराे, घाेराही-लमही सडक पुन:अवरुद्ध

दाङ – लगातार पहिराे झरेका कारण अवरुद्ध पूर्व-पश्चिम राजमार्ग पहिराे हटाइएपछि खुलेकाे छ । हिजाे शुक्रबार बिहानदेखि पहिराेका कारण राेकिएका सवारीसाधन २४ घण्टापछि बल्ल गन्तव्य स्थानकाे लागि प्रस्थान गरेकाे इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ । दाङ र कपिलवस्तु जिल्लाकाे ठाउँ ठाउँमा लेदाे सहितकाे झरेका कारण राजमार्ग अवरुद्ध भएको थियाे । यसैगरी, लमही घाेराही सडक […]

दाङको लमही सतबरियामा पहिरो झरेपछि पूर्व–पश्चिम राजमार्ग बन्द

दाङ – दाङको लमही नगरपालिका सतबरियामा झरेको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग बन्द भएको छ । पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ । शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि फेरि बन्द भएको छ । त्यस्तै दाङको भालुवाङदेखि प्यूठान जोड्ने सडक खण्डको ठाउँ ठाउँमा झरेको पहिरोका कारण दाङ–प्यूठान सडक खण्डमा पनि गाडी गुड्न सकेका छैनन् ।

लमहीस्थित पदमिनी साेता नजिक रुख ढलेर राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

दाङ – पूर्व-पश्चिम राजमार्ग दाङ खण्ड अवरुद्ध भएको छ । लमही नगरपालिका-७ स्थित पदमिनी साेता नजिक रुख ढलेर राजमार्ग अवरुद्ध भएको सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिरहेका छन् । लगातार पानी पर्दा रुख ढलेर राजमार्गमा तेर्सिएकाे हाे ।

एकतर्फि सञ्चालनमा आयाे पूर्व-पश्चिम राजमार्ग

दाङ – लागातारकाे वर्षाका कारण आएकाे पहिराेले अवरुद्ध गरेकाे पूर्व-पश्चिम राजमार्ग सञ्चालनमा आएकाे छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङकाे लमही-अमिलीया सडकखण्डकाे तिलकन्याखोला नजिकै पहिरो खस्दा बाटो अवरुद्ध सडक एकतर्फि रुपमा आएकाे हाे । लमही नगरपालिका-९ तिलकन्या नजिक खाेला नजिक बिहान पहिराे झर्काे थियाे । लगातारको झरीले पहिरो खस्दा आवागमन ठप्प भएको थियाे । डाेजरकाे सहायताले नेपाल […]

राजमार्गमा पहिरो झर्‍याे, यातायात सेवा प्रभावित

दाङ-पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। दाङ र कपिलवस्तुकाे सीमानामा पहिराे गएपछि राजमार्ग अवरुद्ध भएको हाे। अहिले पहिराे हटाउने काम भइरहेकाे र एकतर्फी राजमार्ग खुलेकाे इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। चोरखोला नजिक पहिराे झरेकाे हाे। बिहान ४ बजेबाट आवागमन प्रभावित भएको हाे।

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला दाङ प्रहरीको नियन्त्रणमा

२९ वैशाख, दाङ । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई सोधपुछका लागि दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पूर्व-पश्चिम राजमार्ग हुँदै बिहीबार नेपालगञ्जतर्फ जाँदै गरेका बास्तोला सहित केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले बताए । बास्तोलाको साथमा सहयोगीहरू […]

अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुल्यो

दाङ– बिहानबाट अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ। दाङमा कार र मोटरसाकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि कार चालकलाई कारबाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरिएको थियो। वडा प्रहरी कार्यालय लमहीमा भएको छलफल र कार चालक पक्राउ परेपछि अवरुद्ध राजमार्ग सुचारु भएको हो। कार चालकलाई हदैसम्मको कानुनी कारबाही गर्ने सहमति भएको प्रहरी […]

चालक पक्राउ नगरेपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध

दाङ – राप्ती गाउँपालिका- १ पुल्चोक भालुवाङ बजार र पूर्व पश्चिम राजमार्ग बन्द गरिएको छ। गएराति पौने ९ बजे लमही नगरपालिका- ३ वनगाउँमा कार र बुलेट मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका- १ भालुवाङ निवासी ३५ वर्षीय मोटरसाइकल चालक नरेन्द्र जिसीको मृत्यु भएको थियो। फरार कार चालकलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त तथा स्थानीयले भालुवाङ […]

दाङ जिप दुर्घटनाः ६ जना घाइते, ३ जनाको अवस्था गम्भिर

दाङ, २२ पुस । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही–३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते छन् । घाइते हुनेमा प्रदीप चौधरी, विनोद चौधरी, आकृति पाण्डे, सिर्जना सुनार, भानुप्रसाद गुप्ता, बिनिता लुहार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिप दुर्घटनामा चालक विनोद चौधरी, प्रदीप चौधरी, भानुप्रसाद गुप्ता, सिर्जना सुनारको टाउकोमा गम्भिर चोट लागेको […]