गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएको छ । यसअघि पनि मन्त्रालयले संघभित्रको विवाद समाधान नभएसम्मका लागि चुनावी प्रक्रिया अघि नबढाउन भन्दै पत्र काटेको थियो । मन्त्रालयको अर्को पत्रले एनआरएनएको १० औं महाधिवेशन थप अन्योलमा परेको छ । अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने भनिएको एनआरएनएको १० औं महाधिवेशन पछि धकेल्न मन्त्रालयले संघलाई दोस्रो पत्रमार्फत पुनः निर्देशन दिएको हो । संघका महासचिव हेमराज शर्माले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि कसले छान्ने भन्ने विष