गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर २० मा हुने निर्वाचन थप रोचक बन्ने देखिएको छ । चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका छन् । आचार्यको पक्षमा लाग्न काँग्रेस र माओवादी पार्टीले विश्वभरका आफू निकट एनआरएनएलाई आन्तरिक सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल थप तातिएको हो । एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् । आचार्य समूहले रविनाले अन्तिम समयमा आएर आफूलाई समर्थन गर्ने विश्वास लिँदै आएको छ भने