यहाँ मजदुरी गरेर पाउनेभन्दा विदेशको जोखिमयुक्त निर्माण कार्यमै संलग्न भएर भए पनि अलि धेरै कमाउने लोभले बिदेसिने नेपालीहरूको संख्या जतिसुकै आदर्शका कुरा गरे पनि वैदेशिक रोजगारी नेपालका लागि बाध्यकारी अवस्था बनेको छ । मुलुकभित्र हरेक वर्ष थपिने साढे ५ लाखभन्दा बढी श्रमशक्तिका लागि हामीले अवसरहरू सिर्जना गर्नै सकेका छैनौं । मुलुकभित्र सरकारी र निजी क्षेत्रबाट गरी वार्षिक ५० हजारको हाराहारीमा मात्र सिर्जना हुने रोजगारीको अवसरले नयाँ थपिने श्रमशक्तिलाई धान्न सक्ने अवस्था पनि छैन । यस्तो परिस्थितिमा वैदेशिक रोजगारी नै एकमात्र विकल्प बनेको देखिन्छ ।