सरकारले ३ प्रतिशत ब्याजदरमा १ अर्ब स्टार्टअप कर्जा दिँदै

काठमाडौं । नेपाल सरकारले १ अर्ब रुपैयाँ रकम स्टार्टअप कर्जाको रुपमा प्रदान गर्ने भएको छ । स्टार्टअप कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्मपन्न भएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको समझदारी भएको हो । उद्योग, वाणिज्य […]

सम्बन्धित सामग्री

निक्षेप घटेपछि अन्तरबैंक ब्याजदरमा सुधार

काठमाडौं। नेपाल राष्ट्र बैंकले रिभर्स रिपो तथा निक्षेप संकलन उपकरण जारी गर्दा समेत नबढेको अन्तरबैंक ब्याजदरमा बैंक, वित्तीय संस्थामा निक्षेप घटेपछि सुधार देखिएको छ । बैंकहरूले स्थानीय तहको निक्षेप र ऋणपत्रलाई निक्षेपका रूपमा गणना गर्न पाउने अवधि सकिएपछि मंगलवार अन्तरबैंक ब्याजदर साढे ६ प्रतिशत पुगेको हो ।  बैंकहरूले स्थानीय तहको ८० प्रतिशत रकम र २०७८ भदौभन्दा अघि जारी भएका ऋणपत्र निक्षेपका रुपमा गणना गर्न पाउने सुविधा असारमा सकिएपछि निक्षेप १ खर्ब ९ अर्ब रुपैयाँले घटेको छ । गत साता १ प्रतिशतभन्दा तल झरेको अन्तरबैंक ब्याजदर निक्षेपमा घटेसँगै मंगलवार ६ दशमलव ५१ प्रतिशत कायम भएको छ ।  राष्ट्र बैंकका अनुसार मंगलवार बैंक, वित्तीय संस्थासँग ५६ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप छ । सोमवारको तुलनामा निक्षेप ८५ अर्ब रुपैयाँ घटेको हो । गत आर्थिक वर्षको अन्तिम दिन ५७ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको निक्षेप चालू वर्षको २ दिनमा १ खर्ब ९ अर्ब रुपैयाँले घटेको छ ।  बैंक, वित्तीय संस्थामा तरलता अभावसँगै सरकारले गतवर्ष स्थानीय तहको सञ्चित पैसालाई ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्न सक्ने सुविधा दिएको थियो । उक्त सुविधा असारबाट सकिएपछि बैंकहरूको निक्षेप १ खर्बले घटेको छ । अब बैंकहरूले स्थानीय तहको रकममध्ये ५० प्रतिशतमात्र निक्षेपका रुपमा गणना गर्न पाउँछन् । त्यसैगरी बैंकहरूले ऋणपत्र जारी गरी संकलन गरेको रकमलाई निक्षेपमा गणना गर्न पाउने सुविधा पनि असारमा सकिएको छ । बैंकहरूलाई दिइएका सुविधा सकिएपछि एकैपटक निक्षेप उच्च अंकले घट्दा अन्तरबैंक ब्याजदरमा दबाब बढेको हो । यसअघि राष्ट्र बैंकले रिभर्स रिपो तथा निक्षेप संकलन उपकरणबाट तरलता खिच्दासमेत अन्तरबैंक ब्याजदर लक्षित सीमाभित्र आउन सकेको थिएन ।  निक्षेप घटेसँगै बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि बढ्न थालेको छ । मंगलबार बैंकहरूको औसत सीडी रेसियो बढेर ८२ दशमलव ९९ प्रतिशत पुगेको छ । गत आवको अन्तिममा सीडी रेसियो ८१ प्रतिशतसम्म झरेको थियो ।  बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्थाअनुसार अहिले करीब ४ खर्ब रुपैयाँ थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ । यसअघि कर्जा विस्तारको क्षमता ५ खर्ब रुपैयाँसम्म पुगेको थियो ।  चालू आव शुरू भएपछि बैंक, वित्तीय संस्थाको कर्जा पनि १२ अर्ब रुपैयाँले घटेको छ । गत आवको अन्तिममा कुल कर्जा लगानी ४८ खर्ब ७९ अर्ब रहेकोमा चालू आर्थिक वर्षका २ दिनमा घटेर मंगलवार ४८ खर्ब ६७ अर्ब कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । सोमवारको तुलनामा मंगलवार ७ अर्बले कर्जा घटेको छ । यसमध्ये वाणिज्य बैंकको ६ अर्ब र विकास बैंक तथा वित्तीय संस्थाको १ अर्ब घटेको छ ।

लुम्बिनी विकास बैंकले पायो १ अर्ब बराबरको ऋणपत्र निष्कासन अनुमति, ब्याजदर कति ?

काठमाडौं ।  लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका  लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ । कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कुल कित्तामध्ये कम्पनीले ४० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘एलबिबिएल डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।सोमध्ये ६० प्रतिशत अर्थात ६० करोड रुपैयाँ […]

ग्राहक झुक्याउने बीओके दिन प्रतिदिन खस्किँदै

काठमाडौं, चैत १९ । सुरुमा सस्तो ब्याजदरमा कर्जा दिने भन्दै ग्राहक लोभ्याउँदै पछि बिनाजानकारी ब्याज बढाई ग्राहक फसाउने आरोप लागेको बैंक अफ काठमाण्डू लिमिटेडको मुनाफा पनि घट्ने क्रम बढ्न थालेको छ । बैंकको नाफामा गिरावट मात्रै आएको छैन खराब कर्जासमेत वृद्धि भएको छ । जसले गर्दा बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ […]

गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ राबरको डिभेन्चर निष्काशन गर्ने

गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा अधिकतम एक अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्षका लागि बिहीबारदेखि प्रति कित्ता एक हजार रुपैया अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र (डिभेन्चर) निष्काशन गर्न लागेको हो । सो मध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ भने बाँकी रहेको ६० करोड रूपैँया बराबरको ६ लाख कित्ता व्यक्त

गरिमा विकास बैंकले रू.१ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न पायो अनुमति

मंसिर २, काठमाडौं । गरिमा विकास बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । कुल १० लाख कित्ता ऋणपत्रमध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने जानकारी दिएको छ ।  कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी सात वर्ष सम्मका लागि  गरिमा डिबेञ्चर - २०८५ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  उक्त ऋणपत्र निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा रेटिङले कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्राएनपी इस्युआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।  यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा मध्यम मात्रामा सुरक्षित रहेको देखाउँछ । साथै मध्यम के्रडिट जोखिम रहेको जनाउँछ ।

असार २० गतेदेखि ज्योति बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं, १० जेठ । ज्योति विकास बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्षका लागि असार २० गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएसँगै बैंकले ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ६ लाख कित्ता सर्वसाधारण र ९ […]

एनएमबि बैंकको उर्जा ऋणपत्रमा आकर्षण

एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्यधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र यही जेठ ९ गतेदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले बिक्री बन्द गरिएको हो ।एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र बिक्री […]

प्रभु बैंकको ४ अर्बको डिबेन्चर बिक्री आजदेखि खुल्ला

प्रभु बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब रुपैयाँ बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र जेठ ११ गतेदेखि निष्काशन गर्ने भएको छ ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख इकाइ डिबेञ्चरले हुन आउने कुल रकम ४ अर्ब मध्ये १६ लाख इकाइ अर्थात् १ अर्ब […]