कोरोना संक्रमणको दोस्रो लहरबाट प्रदेश २ मा दिनहुँ सयौँको संख्यामा संक्रमित थपिँदै गएका छन् । मृत्यु हुनेको संख्यामा पनि दैनिक वृद्धि हुँदै गइरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ को ८ वटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दुई साताभन्दा लामो समयदेखि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण निम्न तथा मध्यम वर्गीय समुदाय नराम्ररी प्रभावित हुन थालेको छ ।निषेधाज्ञाका कारण घर बाहिर गएर काम गर्न सक्ने अवस्था नरहेपछि मजदुर वर्गलाई दैनिक खर्च चलाउनसमेत समस्या हुन थालेको छ