सामाजिक सुरक्षा कोषले योगदानमा आधारित ऋण (सापटी) दिन थालेको छ । स्वचालित विद्युतीय प्रणालीमा मार्फत कोषले योगदानकर्ताहरूलाई सापटी दिन थालेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले एक कार्यक्रमकाबीच उक्त कार्यको सुरुवात गरेका छन् । सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ अनुसारको योगदानकर्ता सापटी अन्तर्गत कोषले योगदानकर्ताको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी दिन थालेको हो । कोषमा योगदान गरेको तीन वर्ष पुरा भएपछि सापटी लिन पाउने व्यवस्थ