विद्युत् प्राधिकरणको नाफा १६ अर्ब

प्राधिकरणको आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब नाघेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्थाका रुपमा प्राधिकरण स्थापित भएको छ।...

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरण ४७ अर्ब नाफामा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्‌को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् ।

१६ अर्ब नाफाले नपुगेर बिजुली भाउ बढाउँदै प्राधिकरण

२०७२ मा २० प्रतिशत महसुल वृद्धि गरेपछि विद्युत् प्राधिकरणले हरेक वर्ष नाफा बढाइरहेको छ, तर त्यसले नपुगेर फेरि उपभोक्ताको ढाड सेक्ने तयारी छ ।

देखापढी विजिनेश न्यूज

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक धेरै नाफा कमाउने सरकारी कम्पनी भएका छन्। स्थानीय तहले ऋणपत्र जारी गरेर आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गर्न लागिएको छ। एक वर्षमा ५ अर्बको विद्युतीय गाडी भित्रियो। एनएमबी र सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट ६ अर्ब ऋण लगानी लिएका छन्।

एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजारभन्दा बढी थपिए, नाफा कति ?

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण १ नम्बर प्रदेश कार्यालयले आर्थिक वर्ष २०७८-०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी नाफा भएको प्रारम्भिक अनुमान गरेको छ ।  प्राधिकरणले आफ्ना ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षमा मात्रै ५० हजारभन्दा बढी ग्राहक थपिएका छन् । अब प्रदेश १ मा विद्युत् उपभोग गर्ने ग्राहकको संख्या […]

धितोपत्र बजारमा भित्रिँदै विद्युत् प्राधिकरण

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरण धितोपत्र बजारमा आउने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरिरहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रिमियममा आईपीओ जारी गर्ने घोषणा गरेको हो । कम्पनी आफै पनि सरकारसँग स्वीकृति लिएर सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको थियो । सरकारले बजेटमार्फत नै प्राधिकरणको आईपीओलाई प्राथमिकतामा राखेको छ । प्राधिकरणको पूँजीवृद्धिको स्वीकृति सरकारले दिनुपर्ने व्यवस्था ऐनमा छ । ऐनमा प्राधिकरणको शेयरपूँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । हाल प्राधिकरणको चुक्तापूँजी रू. १ खर्ब २ अर्ब ४४ करोड छ । विगतमा वार्षिक घाटा र सञ्चित नोक्सानीमा रहेको प्राधिकरण केही वर्षयता नाफामा गएसँगै आईपीओ निष्कासन गर्ने योजनामा पुगेको हो । आर्थिक वर्ष २०७२/७३ मा रू. ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो वित्तीय तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू. १२ अर्ब १२ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणको नाफा रू. ६ अर्ब १८ करोड थियो । चालू आवको पहिलो ६ महीनामा सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउन प्राधिकरण सफल भएको छ । यस वर्ष विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् विक्रीमा वृद्धि र अन्य आय बढेकाले नाफा उत्साहजनक रहेको प्राधिकरणको भनाइ छ । सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासँगको विद्युत् खरीददर निजीक्षेत्रका अन्य आयोजनाको तुलनामा केही सस्तो भएकाले पनि यस वर्ष नाफा बढेको प्राधिकरणले बताएको छ । प्राधिकरणले चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी आगामी दिनमा रू. १५ अर्बभन्दा बढी नाफा गर्ने उद्देश्यका साथ काम गरिरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले अहिले विश्व बैंक, एशियाली विकास बैक जस्ता बहुपक्षीय विकास साझेदार निकायबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ । गत फागुनमा प्राधिकरणको क्रेडिट रेटिङ भएको थियो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले प्राधिकरणलाई वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको संकेत गर्ने ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको थियो । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ऋण भुक्तानी जोखिम निकै कम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको शाखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको संकेत दिएसँगै प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सीधै ऋण लिन सक्ने बाटो खुला भएको छ । नेपाल विद्युत् प्राधिकरण जस्तो कम्पनी धितोपत्र बजारमा भित्रिँदा सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताको छ । लगानीकर्ता नयन बास्तोलाले सरकारकै स्वामित्वमा सञ्चालित यस्ता कम्पनीले पनि बजारमा प्रवेश बढाए बजारप्रति लगानीकर्ताको विश्वास बढ्ने बताए । पूँजीबजारको विविधीकरणको विषय बजेटमै उल्लेख भइरहँदा फरक खालका कम्पनीको धितोपत्र सूचीकृतका लागि आवश्यक वातावारण बन्नुपर्ने माग उनको छ । धितोपत्र बजारमा हाल बैंक तथा वित्तीय संस्थाहरूको मात्र बाहुल्य रहेकोमा प्राधिकरणजस्ता सरकारी स्वामित्वका अन्य कम्पनी पनि भित्रिए बजारको सौन्दर्य बढ्ने विश्वास उनको छ ।

सेता हात्ती कहिलेसम्म पाल्ने ?

अर्थमन्त्री जनार्दन शर्माले ‘के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरूलाई नाफामा लिन सकिन्छ ? के के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुुस्,’ भनेर सम्बद्ध कर्मचारीहरूलाई निर्देशन दिएको समाचार आएको छ । सार्वजनिक संस्थानहरू सरकारका लागि निकै ठूलो घाँडो साबित भएको छ । सरकार न यसलाई बन्द गर्न सक्छ न सही ढंगबाट सञ्चालन गर्न नै सक्छ । सरकारी संस्थानका उत्पादनहरू निजीक्षेत्रको भन्दा बढी विक्री भए पनि सधैं घाटामा गइरहेको पाइन्छ । संस्थानहरू सेवामूलक हुन् नाफामूलक होइनन् भनेर सरकार भन्न पनि सक्दैन । नाफा हुने गरी काम गर्ने नेतृत्वलाई यसको जिम्मा पनि लगाउँदैन । आप्mना कार्यकर्तालाई जागीर खुवाउन पाउने तथा विभिन्न किसिमका ठेक्कापट्टा मिलाउन पाउने भएकाले कुनै पनि दलको सरकार यसलाई बन्द गर्न चाहँदैन । यस्ता कम्पनीहरूलाई निजीकरण गरेर बोझ हटाउने कांग्रेसमा पनि अहिले संस्थानप्रतिको मोह बढेको छ । त्यही भएर उनीहरू यसलाई सञ्चालन गर्नुपर्ने पक्षमा देखिएका छन् । आपूmले शुरू गरेको निजीकरणको पक्षमा सशक्त रूपमा उनीहरू उभिन समेत नसकेको अवस्था छ । यस्तोमा अर्थमन्त्रीले नाफा कमाउने गरी सञ्चालन गर्न निर्देशन दिनु नयाँ पहलको थालनी हो प्रचारका लागि हो भनेर खुट्याउन सक्ने अवस्था छैन । धेरैजसो सार्वजनिक संस्थानहरूको स्थिति राम्रो छैन । नेपाल सरकारको ६०० अर्ब लगानी रहेको सार्वजनिक संस्थानहरूले ३० हजार रोजगारी पनि सृजना गर्न सकेका छैनन् । नाफा त परको कुरा उल्टै घाटामा गएर सरकारलाई दायित्व थपेको छ । नेपाल आयल निगम, नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडलगायत केही संस्थान नाफामा रहेका छन् । सरकारको स्वामित्वमा ४४ ओटा संस्थानहरू सञ्चालनमा रहेका छन् । औद्योगिक क्षेत्रका १०, जनउपयोगी ५, व्यापारिक ५, वित्तीय ९, सामाजिक ५ र सेवाक्षेत्रका १० ओटा संस्थान रहेका छन् । यीमध्ये नाफामा सञ्चालित संस्थानहरू २४ ओटा रहेका छन् भने घाटामा सञ्चालित १८ ओटा रहेका छन् । नाफामा सञ्चालित आयल निगम बढी नाफा लिएको भनी आलोचित छ । सरकारले यसबाट विभिन्न कर लिएको छ जसले गर्दा तेलको मूल्य खरीददरभन्दा विक्री मूल्य दोब्बरभन्दा बढी छ । त्यसैले यी संस्थाहरू चलाएर जनताको करको दुरुपयोग गर्नुभन्दा बन्द नै गरिदिए हुन्छ । यी संस्थानले प्रवाह गर्ने सेवा अहिले निजीक्षेत्रले प्रतिस्पर्धात्मक मूल्यमा सरकारी भन्दा राम्रोसँग दिइरहेको अवस्था छ । वायु सेवा निगम सबैभन्दा ठूलो समस्या बनेको छ । सरकारले जमानी बसेर विमान किने पनि त्यसलाई सञ्चालन गर्न सकेको छैन । चिनियाँ जहाज पनि उचित व्यवस्थापन गर्न नजान्दा त्यसै थन्किएर बसेको छ । निगम अर्बौं रुपैयाँ घाटामा गए पनि यसलाई सुधार ल्याउने हिम्मत कसैले गरेको पाइन्छ । अहिले यसलाई कम्पनी मोडलमा लैजाने तयारी गरिएको छ । तर, सरकार परिवर्तनसँगै यो कुरा पनि हराएको छ । त्यसैले सार्वजनिक संस्थान नेपालका लागि अहिले निकै घाँडो साबित भएको छ । यसलाई निजीक्षेत्रको समेत संलग्नता भएको कम्पनीका रूपमा लगेर नाफायुक्त मोडलमा लैजानु उपयुक्त हुन्छ । हरि ढकाल सरस्वतीनगर, काठमाडौं ।

विद्युत् प्राधिकरणको नाफा पौने ११ अर्ब

पाँच वर्ष अघि अर्थात आर्थिक वर्ष २०७१-०७२ मा नेपाल विद्युत् प्राधिकरण ५ अर्ब १२ करोड ९७ लाख रुपैयाँ घाटामा थियो । २०७२-०७३ मा पनि ८ अर्ब ८९ करोड घाटामा रहेको प्राधिकरण त्यसपछि भने निरन्तर रुपमा नाफामा छ । आर्थिक वर्ष २०७३-०७४ मा १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको प्राधिकरणले २०७५-०७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा पु-याएको छ । सो नाफा प्राधिकरणको अघिल्लो वर्ष अर्थात २०७४-०७५ वर्षको भन्दा झण्डै ८ अर्ब बढी हो भने प्रक्षेपण गरेको भन्दा साढे तीन अर्ब बढी हो । २०७५-०७६ मा ७ अर्ब ११ करोड ४० लाख नाफा हुने प्रक्षेपण गरेको थियो । अघिल्लो वर्ष प्राधिकरण नाफा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ नाफामा थियो ।

सर्वसाधारणका लागि सेयर जारी गर्दै विद्युत् प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको हो । प्राधिकरणले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेयर जारी गर्ने तयारी भइरहेको बताउनुभयो ।

१६ वर्षपछि विद्युत् प्राधिकरण डेढ अर्ब नाफामा

आर्थिक वर्ष २०५७-०५८ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण आव २०७३-०७४ मा भने नाफा कमाउन सफल भएको छ । २०६७-०६८ मा २७ अर्ब घाटा अपलेखन गरेपछि २८ अर्ब घाटा नाघिसकेको प्राधिकरण अघिल्लो वर्ष १ अर्ब ५१ करोड बराबरको नाफा कमाउन सफल भएको हो ।