फ्रान्समा बसेर नेपाली पर्यटन प्रवर्द्धन

दीपक चालिसेफ्रान्स । नोकरी,अध्ययन र बिभिन्न कारणले विदेशमा पुगेका नेपालीहरु विभिन्न पेशा र व्यवसायमा आवद्ध रहने गरेका छन् ।युरोपीयन मुलुक फ्रान्समा पनि नेपालीहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । जुनसुकै माध्यमले विदेश पुगेका भएपनि उनीहरुले नेपाल र नेपालीलाई विर्सन सक्दैनन् । ती मध्येकै एक हुन रुपन्देहीको सैनामैना नगरपालिका घर भएका उत्तम भट्टराई । उनले […]

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनको लागि १ अर्बभन्दा बढीको बजेट ल्याउँदै पर्यटन बोर्ड

काठमाडौं । पर्यटन प्रवर्द्धनको काम गर्दै आइरहेको नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८०/०८१ का लागि १ अर्ब ३० करोड रुपैयाँ रकम बराबरको बजेट ल्याउने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले उक्त बजेटमा अन्तरराष्ट्रिय बजारमा नेपाली पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधारको लागि प्रयोग हुने बताए । मंगलवार बोर्डमा विभिन्न मिडियामा आवद्ध पर्यटन बिट हेर्ने पत्रकारहरू तथा फोटोपत्रकारहरूसँग अन्तरक्रियामा सीईओ रेग्मीले आगामी आर्थिक वर्षको बजेटको ८० प्रतिशत अन्तरराष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धन गरिने र बाँकी २० प्रतिशत रकम पर्यटन पूर्वाधारमा खर्चिने बताए ।  ‘सन् २०२५ मा सरकारले नेपालमा विशेष भ्रमण वर्ष आयोजना गर्न लागेको छ। विदेशी पर्यटक बढाउन सरकारसँग हातोमालो गर्दै अघि बढ्ने र त्यसलाई पनि हेरेर बजेट व्यवस्था गर्दैछौं,’ उनले भने ।  कार्यक्रममा सीईओ रेग्मीले नेपालमा बाह्य तथा आन्तरिक पर्यटन वृद्धि गर्न आएका समस्याहरू र समाधानका लागि बोर्ड एक्लैले भन्दा कलम र क्यामेराको अझ सशक्त भूमिका रहेको बताउँदै पर्यटन प्रवर्द्धनसम्बन्धी कामहरू र आगामी दिनहरूका योजनाका विषयमा पनि प्रकाश पारेका थिए । पोखरामा भर्खर सम्पन्न नेपाल चीन ड्रागन बोट रेस प्रतियोगिताको सफलतापछि चिनियाँ पर्यटकको आगमन बढी हुने आशा रहे पनि बोर्डले भारत र चीनमा बढी केन्द्रित भएर पर्यटनका गतिविधि प्रचार गर्नेसमेत उनले बताए। उनका अनुसार बोर्डले विभिन्न मुलुकमा नेपाली पर्यटनको अन्तरराष्ट्रिय सञ्चार माध्यम, फाम ट्रीप, बिटुबी मिटिङलगायत कार्यक्रममार्फत प्रवर्द्धन गर्नेछ । ‘पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकहरू बढिरहेकाले बोर्डले यस्ता गन्तव्य प्रवर्द्धनका लागि पनि काम गरिरहेको छ । त्यसैअनुरूप पत्रकारहरूलाई नयाँ गन्तव्य स्थानहरूमा फाम ट्रीपलाई निरन्तरता प्रदान गर्ने योजना बोर्डको रहेको छ,’ उनले भने ।

नेपालको पर्यटन प्रवर्द्धन गर्न रुसमा कार्यक्रम

रूसमा नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली दूतावास मस्कोमा नेपाल प्रोमोशन इभेन्ट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एयरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, युट्युबर, ब्लगर, हिमाल आरोही, कूटनीतिज्ञ, प्रोफेसर, व्यवसायी, गैरआवासीय नेपाली संघ तथा रुस–नेपाल मैत्रीसंघ प्रतिनिधि, दूतावासका […]

नेपालमा पर्यटन प्रवर्द्धन गर्न रूसमा ‘नेपाल प्रमोसन इभेन्ट’

काठमाडौं । नेपाली पर्यटन, आर्थिक कूटनीतिका अवसरलगायत समग्र नेपालको प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार नेपाली राजदूतावास मस्कोमा ‘नेपाल प्रमोसन इभेन्ट–२०२३’ कार्यक्रम गरिएको छ । कार्यक्रममा मस्कोका प्रतिष्ठित रूसी पर्यटन व्यवसायी, नेपालमा उडान गर्ने तथा उडान गर्न इच्छुक विभिन्न एअरलाइन्सका प्रतिनिधि, पर्यटन पत्रकार, हिमाल आरोही, कूटनीतिज्ञ, व्यवसायी, गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायतको सहभागिता रहेको मस्कोस्थित नेपाली दूतावासले जानकारी दिएको छ । कार्यक्रममा रूसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले नेपालमा रूसी पर्यटक तथा पर्यटन व्यवसायीका लागि बहुआयामिक अवसर रहेको र त्यसको सदुपयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा सोभियत हिरो तथा कस्मोनाट भ्लादमिर अलेक्जेड्रोभिच द्जानिबेकोभ, नेपालका लागि रूसी महासंघका पूर्वराजदूत भ्लाच्किन सेर्गेई भासिलिभिच, गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् रूसका अध्यक्ष शिवमणि भुर्तेल, रूसी आरोही इभान ट्रफिमोभिच दुसारिनलगायतले नेपालको पर्यटन, हिमाल आरोहण, संस्कृतिलगायत विविध पक्षको सम्भावना तथा वर्तमान अवस्थाबारे चर्चा गरेका थिए । नेपालमा रूसी पर्यटक पठाउने अग्रणी पर्यटन व्यवसायी लिओनिद माइस्निकोभ एवं सेर्गेइ पेस्किेभिचले नेपाल प्रवर्द्धनसम्बन्धी भिडियो तथा अन्य सामग्री प्रस्तुत गरेका थिए । रूसी बैंकर तथा व्यवसायी युरिय गुसेभले नेपालमा लगानीको अवसरको विषयमा प्रस्तुति दिएको दूतावासले जानकारी दिएको छ । कार्यक्रममा नेपाली संस्कृतिको झल्को दिने गरी जीवित देवी ‘कुमारी’को प्रदर्शनी गरिनुका साथै नेपाली सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो भने नेपाली परिकारसहितको रात्रिभोजको आयोजना गरिएको थियो । रासस

हिमालय एअरलाइन्स्का कर्मचारीद्वारा सगरमाथा आरोहण

काठमाडौं (अस) । हिमालय एअरलाइन्स्की वरिष्ठ उडान परिचारिका ओम्निका डंगोलले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छिन् । डंगोलसहितको टोलीले गत २ जेठमा सगरमाथा आरोहण गरेको हो । उक्त आरोहणलाई हिमालय एअरलाइन्स्ले ऐतिहासिक आरोहण भएको दाबी गरेको छ । मे २० मा डंगोल काठमाडौं फर्केपछि गैरीधारास्थित एअरलाइन्स्को कार्यालयमा हिमालय परिवारद्वारा उनलाई स्वागत गरिएको छ । स्वागत कार्यक्रममा हिमालय एअरलाइन्स्का अध्यक्ष झो एन्योङले डंगोलसहितको टोलीलाई स्वागत गरेका थिए । ‘यो हाम्रा लागि निकै महत्त्वपूर्ण क्षण हो । ओम्निका डंगोल हिमालयको झण्डा बोकेर विश्वकै अग्लो चुचुरो सफलतापूर्वक आरोहण गरी सकुशल फर्किएकोमा हामी अत्यन्त खुशी छौं,’ उनले भने । हिमालय एअरलाइन्स्का लागि यो वास्तवमै सुखद उपलब्धि हो ।’ कम्पनीले नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ शुरू गरेको थियो । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एअरलाइन्स्का मुख्य उद्देश्यमध्ये एक उद्देश्य नेपाली पर्यटन प्रवद्र्घन गर्नु पनि रहेको बताए । सो परियोजना नेपालको पर्यटन प्रवद्र्घनमा हिमालयको सानो कदम मात्र रहेको उनको भनाइ छ । परियोजना सफल भएपछि डंगोलले सर्वोच्च शिखरमा हिमालय एअरलाइन्स्को प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि गौरवको विषय रहेको बताइन् ।

ल्हो मन्थाङ : गुणस्तरीय पर्यटनको हब बनाऊँ

हाम्रो देश नेपालमा अझै पनि यस्ता धेरै ऐतिहासिक ‘गाउँठाउँ, मठमन्दिर, गुम्बा, विभिन्न धर्मालम्बीको आस्थाको संगमस्थल अर्थात् धार्मिकस्थल, प्राकृति सम्पदा, राष्ट्रिय धरोहर, किल्ला, दुर्ग, डाँडाकाँडा आदि रहेका छन्, जहाँ अहिलेसम्म स्वदेशी तथा विदेशी पर्यटक एकपटक पनि नपुगेको हुन सक्छ । हामीले नेपालका त्यस्ता ‘कुमारी/भर्जन’ तथा ऐतिहासिक ‘गाउँठाउँ, मठमन्दिर, गुम्बा, विभिन्न धर्मालम्बीको आस्थाको संगमस्थल अर्थात् धार्मिकस्थल, प्राकृति सम्पदा, राष्ट्रिय धरोहर, किल्ला, दुर्ग, डाँडाकाँडा आदि रहेका ठाउँसम्म पुग्न गोरेटो, घोटेटो र सम्भव भएसम्म सडक यातायात जान नदिने बनाएर प्रचारप्रसार गर्न लागिहाल्नुपर्ने देखिन्छ । यस्तो कार्यले हाम्रो देशमा गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्न वा भनौं आकर्षित गर्नमा सहयोग नै पुग्ने देखिन्छ । त्यसैले यो कार्यमा पनि हामीले ध्यान दिएर लाग्नुपर्ने देखिन्छ । यो विषयमा पछि छुट्टै लेख लेख्ने विचार छ । अहिलेलाई भने गुणस्तरीय पर्यटनको कुरो गर्दा म माथिल्लो मुस्ताङबारे लेख्दै छु । स्थानीय भाषामा ‘ल्हो मन्थाङ’ भनिने माथिल्लो मुस्ताङलाई अंग्रेजी भाषामा फोरबिड्डन किङडोम, हिड्डेन किङडोम, मड सिटी, लस्ट किङडोम, अप्पर मुस्ताङ आदि नामले पनि चिनिन्छ । स्मरणीय के छ भने, विसं २०४६ सालअघि कानूनी रूपमा विदेशीहरूका लागि प्रवेश निषेध थियो– ‘ल्हो मन्थाङ ।’ विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै माथिल्लो मुस्ताङ, ‘ल्हो मन्थाङ’ अर्थात् अप्पर मुस्ताङमा विदेशीले भ्रमण गर्न पाउने व्यवस्था गरियो । त्यसो भए तापनि अमेरिकी नागरिक स्टान आर्मिङटङद्वारा लिखित र ‘लन्ली प्लानेट’द्वारा प्रकाशित ‘द हिमालय किङ्डोम’ नामक किताबमा लेखिएअनुसार विदेशीहरूका लागि विसं २०४६ सालअघि कानूनी रूपमा प्रवेश निषेध भनिए तापनि २०४६ सालअघि पनि ‘ल्हो मन्थाङ’मा राजदरबारका शाही पाहुनाहरू भने सुटुक्कै जान्थे । त्यस्तै गूगलमा सर्च गरेर हेर्दा सन् १९५२ मै स्वीस नागरिक टोनी हेगनले पहिलो विदेशीका रूपमा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । त्यस्तै ‘ल्हो मन्थाङ’ भ्रमण गर्ने दोस्रो व्यक्तिको रूपमा फ्रेन्च नागरिक माइकल पिसेल देखिन्छन् । उनले सन् १९६४ मा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । विसं २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित शर्तहरूसहित ‘ल्हो मन्थाङ’ अर्थात् अप्पर मुस्ताङमा विदेशीहरूलाई पर्यटकीय उदेश्यले भ्रमण गर्न पाउने गरी खुल्ला गर्‍यो । जस्तै माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने पर्यटक कम्तीमा २ जना हुनैपर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एक जना सरकारी सम्पर्क अधिकृत अनिवार्य रूपमा लैजानैपर्ने (हाल खारेज भइसकेको छ ।), १० दिनमा टे«किङ गरी सक्नुपर्ने (आधार खुलाएर थप २ दिन थप्न सकिने), एकजना पर्यटक बराबर ७० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने, वर्षमा १ हजारभन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि विदेशी पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिक सहयोग दिन नपाउने, विदेशी पर्यटकले स्थानीय समुदायलाई आर्थिक सहयोग दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने आदि शर्तसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुल्ला गरिएको थियो । लामो समयदेखि नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेध गरिएको ‘ल्हो मन्थाङ’ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) ४ सय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा १,०६६ पुग्यो । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या तीन अंकमा झर्‍यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२/२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १,१५७ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीय बासिन्दा नै आश्चर्यचकित हुने गरी विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २,१९४ जना विदेशी पर्यटकले ‘ल्हो मन्थाङ’को भ्रमण गरे । हुन पनि भगौलिक हिसाबले तिब्बती पठार र ‘ल्हो मन्थाङ’को बनावट उस्तैउस्तै छ । त्यतिमात्रै होइन, उनीहरूबीच धर्म, भाषा, वेशभुषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालनजस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरीका उही, खेतीपाती गर्ने तरीका उही । त्यसमा पनि ‘ल्हो मन्थाङ’को तिब्बतको भन्दा पृथक् पहिचान के छ भने, ‘ल्हो मन्थाङ’का विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै छन् । जहाँ प्राचीन समयमा मानवबस्ती रहेको भनी विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । जुन सम्पदालाई त्यहाँ भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय बासिन्दा एवम् समग्र देशकै लागि पनि गर्व गर्नलायक सम्पदा वा भनौं धरोहर मान्न सकिन्छ । त्यस्तै ‘लो घ्याकर’मा अवस्थित लगभग १३ सय वर्ष पुरानो बौद्घ गुम्बाले पनि विदेशी पर्यटकका लागि कौतुहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्यम सम्भवले तिब्बतमा बुद्घधर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् । यसरी नेपालबाट ‘ल्हो मन्थाङ’ भ्रमणमा जान चाहने विदेशी पर्यटकका लागि महँगो दर तोकिएको भए तापनि, (‘ल्हो मन्थाङ’ भ्रमण गरेबापत तिर्नुपर्ने सलामी दस्तुर ७ सय अमेरिकी डलर तोकेको थियो भने पछि ५ सय अमेरिकी डलरमा झारेको छ ।) यो दरलाई कायमै राख्दै ‘ल्हो मन्थाङ’जस्तो ऐतिहासिक, पुरातात्त्विक तथा सम्पदा क्षेत्र रहेको उक्त क्षेत्रलाई ‘वेस्ट टुरिस्ट’/‘ब्याक प्याकर’, नेपाली पर्यटन क्षेत्रमा चलेको भाषामा भन्ने हो भने ‘झोले’ पर्यटकलाई लर्को लगाउने काम बन्द गरौं । बरु संख्या थोरै भए पनि प्रशस्त पैसा खर्च गर्न सक्ने, गुणस्तरीय र गुनिलो पर्यटकलाई मात्रै प्रवेश गर्ने नेपालको एक मात्र पर्यटकीय हबका रूपमा ‘ल्हो मन्थाङ’लाई विकास गरौं । लेखक पर्यटनकर्मी हुन् ।