४ वर्षअघि छत्रेश्वरी गाउँपालिका–६ र ७ जोड्न शारदा नदीमा पक्की पुल निर्माणको काम थालिए पनि अझै पूरा भएको छैन । पुल निर्माणका लागि दुई पल्ट म्याद थपिए पनि विभिन्न बहाना बनाउँदै ठेकेदार कम्पनीले पुल निर्माणको काम टारिरहेको हो । शारदामा २०७४ असार २१ गतेदेखि पुल निर्माणको काम थालिएको थियो ।