संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका– ९ स्थित उत्तर दक्षिण कोशी राजमार्गको वन क्षेत्रमा फोहोर फ्याँके पाँच हजार रुपैयाँ जरिवाना गरिने भएको छ।ढुंगेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहोर फ्याँके पाँच हजार रुपैयाँ जरिवाना गरिने डिभिजन वन कार्यालय संखुवासभाले जनाएको छ।पछिल्लो समय मानिसले खाँदबारी—तुम्लिङटार सडकखण्ड छेउमा फोहोर फालेपछि कुरूप बन्दै गएको भन्ने जनगुनासो बढेपछि त्यसलाई नियन्त्रण गर्न सूचना बोर्ड राखिएको छ।डिभिजन वन कार्यालय र मनकामना सामुदायिक वन उपभोक्ता