कोरोना संक्रमणको महामारी नियन्त्रण र उपचारका नाममा पछिल्लो समय एन्टिवायोटिक्स लगायतका गम्भीर किसिमका औषधिको दुरुपयोग बढ्दै गएको भन्दै नेपाल चिकित्सक संघले बेलैमा नियन्त्रणका उपाय अपनाउन आग्रह गरेको छ । त्यस्तै संघले आधुनिक चिकित्साको हवाला दिँदै भित्रिएका वैज्ञानिक रुपमा प्रमाणीकरण नभएका उपचार पद्धतिको अस्वाभाविक प्रचार प्रसार रोक्न पनि माग गरेको छ । संघले शनिबार विज्ञप्ति जारी …