अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रणमा

पूर्बी नवलपरासीको कावासोती र विनयी त्रिवेणीबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने पाँच ट्याक्टर नियन्त्रणमा परेका छन् । कावासोती ३ स्थित केरुङगे खोलाबाट लु ३ त ८१९० नम्बरको ट्याक्टर ढुङगा लोड गर्दैगर्दा सामुदायिक प्रहरीको टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो ।

सम्बन्धित सामग्री

धनुषामा दुईवटा ट्याक्टर नियन्त्रणमा

काठमाडौं । धनुषामा अवैध बालुवा उत्खनन गरी रहेको अवस्थमा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । मिथिला नगरपालिकास्थित रातो नदीमा अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटेको प्रहरी टोलीले अवैध उत्खनन कार्यमा संलग्न ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले अन्य स्थानमासमेत अबैध बालुवा उत्खनन […]

ठेक्का नलगाउँदा राप्तीमा नदीजन्य पदार्थकाे चाेरी बढ्दो, दुई ट्याक्टर नियन्त्रणमा

दाङ – राप्ती नदीमा नदीजन्य पदार्थकाे चाेरी निकासी बढेकाे छ। स्थानीय सरकारले ठेक्का नलगाउँदा अवैध रूपमा नदीजन्य पदार्थकाे उत्खनन र चाेरी निकासी बढेकाे हाे। समुदायका नागरिकले नदी तथा खाेलामा हुने अवैध उत्खननकाे निगरानी गरेका छन्। लमही नगरपालिका- ६ बलरामपुर घाटबाट अवैध उत्खनन गरेर निकासी गर्न थालिएको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीकाे […]

अवैध उत्खनन गरिरहेका ९ वटा टिपर, जेसीभी र ट्याक्टर नियन्त्रणमा

मोरङका विभिन्न खोलामा आइतबार राति अवैध रुपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले ९ वटा टिपर, ट्याक्टर र जेसीभीसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

रोकिएन अवैध उत्खनन

सरकारले असार लागेदेखि तीन महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि महोत्तरीमा अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन। बाँके खोलामा भएको घटनाको २४ घण्टा नबित्दै प्रहरीले गौशाला नगरपालिका–५ स्थित मडाहा खोलाबाट गिट्टी, बालुवा चोरी निकासी गरिरहेको अवस्थामा बुधबार राति फेरि एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ। मध्य रातको समय खोला उत्खनन भइरहेको सूचनाको आधारमा गौशालास्थित इलाका प्रहरी कार्यालयबाट बुधबार राति घटना स्थल पुगेको सुरक्षा टोलीले नदीजन्य पदार्थ लोड गरिएको ज. १ त. ४७४६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। ट्याक्टरसाथ पक्राउ परेका चालक मुन्ना साहसँग आवश्यक सोधपुछ भइरहेको गौशाला प्रहरीले जनाएको छ।