डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ ।

सम्बन्धित सामग्री

किसानले पाए उन्नत मकैको बीउ

चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ।

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा वितरण

मुग्लिन, चैत ८ । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो । गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका […]

मकैको बीउमा गुल्मी आत्मनिर्भर, छर्नेबेला अभाव

२६ चैत, गुल्मी । गुल्मी जिल्ला मकैको बीउ उत्पादनमा आत्मनिर्भर बनेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । तर मकैको बीउ सञ्चय गर्ने बानी हटेकाले मकै छर्ने बेला बीउको अभाव हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लाका लागि उन्नत बीउ आवश्यकता ५५० मेट्रिक टन छ । हाल जिल्लामा ६४० मेट्रिक टन […]

व्यासमा कृषकलाई मकैको बीउ वितरण

काठमाडौँ, २६ फागुन । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत […]

धादिङमा मकैको बीउ उत्पादन

आर्थिक वर्ष ०६६/६७ मा धादिङका तीन गाविसमा करीब १२ मेट्रिकटन रामपुर कम्पोजिट नामको उन्नत जातको मकैको बीउ उत्पादन गरिएको छ । धादिङमा साङ्खोट, खाल्टे र मैदी गाविसको करीब ५ सय रोपनी क्षेत्रफलमा सो जातको मकैको खेती गरिएको थियो । अन्तरराष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र (सिमिट) को रू. २ लाख १६ हजार अनुदान सहयोगमा ती गाविसका ५५ किसानले सो बीउ उत्पादन गरेका हुन् । उत्पादित बीउबाट किसानले प्रतिकिलो रू. ३० ले रू. ३ लाख ६० हजारमा विक्री गरेको कृषि व्यवसाय तथा व्यापार प्रवर्द्धन बहुउद्देश्यीय सहकारी संस्था (अब्ट्राको) का अध्यक्ष जगदीशचन्द्र गौतमले बताए । चालू आवमा करीब १५ मेट्रिकटन मकै बीउ उत्पादन गरी विक्रीवितरण गर्ने अब्ट्राकोको लक्ष्य रहेको बताइएको छ । यो जातको बीउ एक हेक्टर जग्गामा २० किलो लाग्ने उनले बताए । गौतमका अनुसार अब्ट्राकोकोे आयोजनामा किसानसँग कार्यगत अनुसन्धान (कामसँगै अनुसन्धान गर्ने प्रक्रिया) पछि सो बीउ छनोट गरिएको थियो । धादिङको साङ्कोट गाविसलाई ‘मेज सिड भिलेज’ (मकैको बीउ उत्पादन गर्ने गाउँ) घोषणा गरिएको छ । धादिङका तीन गाविसमा सहभागितात्मक विविधीकरण प्रणालीमा आधारित सामुदायिक बीउ उत्पादन तथा बजारीकरण कार्यक्रम सञ्चालन गरिएको थियो ।        वर्ष ६ अंक ३५, बुधवार, २७ असोज, २०६७

महानगरद्वारा ५० प्रतिशत अनुदानमा मकैको बीउ र जिङ्क वितरण

विराटनगर – विराटनगर महानगरपालिकाले अनुदानमा कृषकलाई मकैको बीउ र जिङ्क (पोषण) वितरण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आज एक कार्यक्रमको आयोजना गरेर उन्नत जातको मकैको बीउ र जिङ्क वितरण गरेको हो । महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराइएको हो । महानगरका प्रमुख नागेश […]

गण्डकीमा ३० प्रतिशत मात्रै बीउ उत्पादन

वालिङ– गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ । वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक […]

मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

गण्डकी प्रदेशमा आवश्यक मध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा उन्नत जातका बीउ ७० प्रतिशत अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था छ ।वार्षिकरूपमा गण्डकीका लागि छ हजार २०० मेट्रिक टन धानको बीउ, पाँच हजार २८ मेट्रिक टन मकैको बीउ, चार हजार ८०० मेट्रिक टन गहुँको बीउ र ३२ हजार मेट्रिक टन आलुको बीउ आवश्यक पर्ने कृषि विकास श्रोत केन्द्र स्याङ्जाका बाली विकास अधिकृत सुदीप रेग्मीले जानकारी दिए । “गण्डकीका एघार वटै जिल्

हाईब्रीड धान र मकैको बीउ अभाव

काठमाडौं । पछिल्लो समय नेपालमा रासायनिक मलको अभावले असारमासमा समेत कृषक बिना मल धान रोप्न बाध्य छन् । देशमा मल अभावको बहस चलिरहँदा बीउ र किटनासक औषधिमा बढेको चरम मूल्य वृद्धिले कृषकको अवस्था नाजुक बन्दै गएको छ । उनीहरुले विश्वसनीय र उन्नत बीउबिजन पाउनबाट ठगिएका छँदैछन, बजार भाउले कृषिकर्म थप महँगिएको छ । असारको महिना […]

बराहपोखरीका किसानलाई निःशुल्क उन्नत जातको मकैको बीउ वितरण

खोटाङको बराहपोखरी गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको मकैको बीउ वितरण गरेको छ । गाउँपालिका भरिका करिब २६ सय किसानलाई उन्नतजातको मकैको बिउ निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषिशाखा प्रमुख द्रोणराज रेग्मीले जानकारी दिए । मकै छर्ने सिजन सुरु भएसँगै लेकाली […]