मकैको बीउमा गुल्मी आत्मनिर्भर, छर्नेबेला अभाव

२६ चैत, गुल्मी । गुल्मी जिल्ला मकैको बीउ उत्पादनमा आत्मनिर्भर बनेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । तर मकैको बीउ सञ्चय गर्ने बानी हटेकाले मकै छर्ने बेला बीउको अभाव हुने गरेको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार जिल्लाका लागि उन्नत बीउ आवश्यकता ५५० मेट्रिक टन छ । हाल जिल्लामा ६४० मेट्रिक टन […]

सम्बन्धित सामग्री

गुल्मीको मुसिकोटमा बीउ स्रोत केन्द्र स्थापना

साउन १८, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा बीउ स्रोत केन्द्रको स्थापना भएको छ । मुसिकोट नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ र साना किसान कृषि सहकारीको त्रिपक्षीय साझेदारीमा बीउ स्रोत केन्द्रको स्थापना भएको हो । मकै, कोदो, धान, गहुँ, केराउलगायतका खाद्यान्न बालीको बीउको प्रशोधन र ग्रेडिङ गरी बजारीकरण गर्ने उद्देश्यले केन्द्रको स्थापना भएको सहकारीका अध्यक्ष हरी छन्त्यालले जानकारी दिए । केन्द्रमा मुसिकोट नगरपालिका– २, ३ र ४ मा उत्पादन भएका खाद्य बालीको प्रशोधन गरी बीउ तयार गरिनेछ । त्यसका साथै बलिथुम, मजुवा फाँटलगायत स्थानमा उत्पादन भएको खाद्य बालीको बीउ पनि सहकारीले खरिद गरी बजारीकरण गर्ने छन्त्यालले बताए ।  बीउ उत्पादनका लागि मुसिकोट नगरपालिका–३ मा रू. ६९ लाखको लागतमा भण्डारण तथा प्रशोधन केन्द्रको स्थापना गरिएको छ । यसै वर्ष उत्पादन हुने मकै भदौ महीनादेखि भण्डारण गरी बीउ उत्पादन गर्न शुरु गरिने छन्त्यालले बताए ।  मुसिकोटमा बीउ स्रोत केन्द्रको स्थापना भएसँगै गुल्मीमा बीउ प्रशोधन तथा उत्पादन गर्ने केन्द्रको संख्या छ पुगेको छ । यसभन्दा पहिले मालिका गाउँपालिका– ६ अर्जै र वडा नम्बर ८ सिमलटारीमा २०/२० मेट्रिकटनका दुई ओटा प्रशोधन केन्द्र स्थापना भएका छन् ।  मदाने गाउँपालिकाको पुर्कोट दहमा ३० मेट्रिकटन, इस्मा गाउँपालिका–६ चौरासी र रेसुंगा नगरपालिका–१० मा २०/२० मेट्रिकटनको प्रशोधन केन्द्र रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइका प्रमुख नारायण काफ्लेले जानकारी दिए ।  मालिका, मदाने, इस्मा र रेसुंगामा आर्थिक वर्ष २०७३/७४ देखि ७६/७७ को अवधिमा स्रोत केन्द्रको निर्माण सम्पन्न भएको हो भने मुसिकोटको स्रोत केन्द्र आव ०७७/७८ मा निर्माण सम्पन्न भएको काफ्लेले जानकारी दिए ।  जिल्लाका सबै बीउ प्रशोधन केन्द्रबाट एकपटकमा १५० मेट्रिकटन बीउ उत्पादन गर्न सकिने कार्यालय प्रमुख काफ्लेको दाबी छ । गुल्मीमा मनकामना तीन, अरुण दुई, रामपुर कम्पोजिटलगायत मकैको बीउ उत्पादन हुँदै आएको छ । रासस

गुल्मीका किसान मकैको बीउ उत्पादनमा आकर्षित

१० साउन, गुल्मी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै कृषकहरुले जिल्लामा मकैको बीउ उत्पादन शुरु गरेका छन् । खाना र गाईवस्तुको दानाका लागि मात्रै मकै उत्पादन गर्दै आएका कृषकहरु …