काठमाडौं। निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादबाट पन्छिन अनेक प्रयत्न गरिरहेका बेला फेरी प्रचण्ड-नेपाल समूह त्यही मुद्दासहित आयोग जाने तयारी गरेका छन् ।पहिलो र दोस्रो पटक आयोग समक्ष आधिकारिकता माग दाबी गर्दै बुझाएको पत्रलाई आयोगले बेवास्ता गरेपछि नेकपाका प्रचण्ड-नेपाल समूह सोही मुद्दालाई अघि सारेर फेरी निर्वाचन आयोग जाने तयारी गरेका हुन् ।