प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा नाैबिसे सुरुङ मार्गकाे निरीक्षण

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निरीक्षण गर्नुभएको छ । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखाकाे सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर प्रधानमन्त्री ओलीले निरीक्षण गर्नुभएको हो ।प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको 'ब्रेक थ्रु' हुने गरी काम भइराखेको समेत बताउनुभयो । सुरुङ मार्ग निर्माण कार्यको निरीक्षण गर्न प्रधानमन्त्री...

सम्बन्धित सामग्री

नागढुङ्गा–सिस्नेखोला सुरुङ खन्ने काम अन्तिम चरणमा

धादिङ, साउन ३ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ। आयोजनाका इन्जिनियर रमेश कोइरालाले मुलुकका अन्य आयोजनाका तुलनामा यस सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँदै मुख्य र सहायक सुरुङ खन्ने काम क्रमशः असोज र साउनभित्र […]

नागढुङ्गा सुरुङ मार्ग : काम छिटो सक्न निर्देशन

काठमाडौं, जेठ १३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्गको काम सम्पन्न गर्न निर्माण कम्पनी तथा सुरुङ मार्गका कर्मचारीलाई निर्देशन दिएका छन्। तोकिएको काम निर्धारित समयमा नै पूरा गर्ने विषयमा कतै पनि सम्झौता नहुने उनले स्पष्ट पारे । विश्व बैङ्कका उच्च अधिकारीसहित शुक्रबार सुरुङ मार्गको स्थलगत अनुगमनका क्रममा मन्त्री ज्वालाले सो […]

आधा खनियो थानकोट–सिस्ने खोला सुरुङ

काठमाडौं, वैशाख १३  । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए । अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर […]

थानकोट–सिस्ने सुरुङ खन्ने काम आधा सकियो

मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिए । उनले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताए ।अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । दुई ह

सुरुङ मार्ग निर्माणमा अवरोध हट्यो

स्थानीयवासी र सुरुङ मार्ग आयोजनाबीच सहमति भएसँगै थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु भएको छ । आयोजनाको कार्यालयमा स्थानीयवासीले आक्रमण गरेपछि एक हप्तादेखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य ठप्प भएको थियो ।सुरुङ मार्ग आयोजना प्रमुख नरेशमान शाक्यले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आयोजना कार्यालय र स्थनीयवासीबीच भएको सहमतिसँगै आइतबार साँझबाट नै सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको जानकारी दिनुभयो । चन्द्रागिरि नगरपा

नौबिसे–नागढुङ्गा सुरुङ मार्गको ४५ प्रतिशत काम सकियो

नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ । अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।सुरुङ मार्गमा खटिएका प्राविधिक टोलीका सहसंयोजक ९डेपुटी टिम लिडर० इन्जिनियर अच्युत भट्टका अनुसार नागढुङ्गातर्फको नाकाबाट मुख्य सुरुङको चार सय ७४ दशमलव २० मिटर टनेल खनिएको छ । नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मि

नागढुङ्गा सुरुङ मार्गमा दुर्घटना, मजदुरको मृत्यु

धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङ मार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा धुनीबेंसी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताए । सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले सुरुङमा काम गरिरहेका उनलाई  ठक्कर दिएर घाइते बनाएको थियो  ।घाइते पाण्डेको उपचारका लागि ट्रमा सेन्टर लाँदै गर्दा मृत्यु भएपछि मृतकका परिवारलाई उचित क्षतिप

मिल्यो नागढुङ्गा सुरुङ मार्गको विवाद

नागढुङ्गा सुरुङ मार्गको विवाद सामाधान भएको छ। सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा र चन्द्रागिरी नगरपालिकासँग भएको छलफलपछि काम नरोक्न स्थानीय तयार भएका हुन्।