अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी बनाउन चाहनेहरुको रहर पूरा नहुने प्रष्ट पार्दै नेपाली अर्थतन्त्र श्रीलङ्कासंग तुलनै हुन नसक्ने पनि दावी गर्नुभएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै …