कोभिड विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको स्वास्थ्य सेवा विभाग अन्तगर्तको आपुर्ति व्यवस्थापन शाखाले जनाएको छ । कोभिड सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात भएको शाखाले जनाएको छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात […]
सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको सरकारले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोभिड विरुद्धको खोप लिन मानिसहरू नआउने क्रम बढेपछि सरकारले उनीहरूलाई खोपको दायरामा अनिवार्य रूपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रष्टयाएकी हुन् । न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो नीति लिएपछि कोभिडविरुद्धको खोप लगाउनेहरूको भीड नै लाग्न सुरु गरेको दाबी गरिन्
दक्षिण कोरियाले इरानलाई कोभिड विरुद्धको खोप प्रदान गर्ने भएको छ। कोरियाको विदेश मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार एस्ट्राजेनेका भ्याक्सिनको १० लाख डोज बुधबार इरानमा पुर्याइने छ। उक्त खोप इरानले कोभिड खोप अभावमा खेप्नुपर्ने मानवीय समस्यालाई ध्यानमा राखेर सहयोग गरिएको कोरियाको विदेश मन्त्रालयले जनाएको छ।
उक्त सहयोगबाट छ दशक लामो द्विदेशीय सम्बन्ध थप सुमधुर हुने दक्षिण कोरियाले अपेक्षा गरेको छ।
दक्षिण कोरियाले यस महिनाको शुरुमा भियतनामका लागि एस्ट्राजेनेका खोपको ११ लाख डोज र थाइल्याण्डका लागि ४७०,...
अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्री स्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
अति कम विकसि देशहरुको लागि कोभिड १९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ ।
अति कम विकसित द...
होटल संघ नेपालले ४० प्रतिशत भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाइसकेकोले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन पहलको माग गरेको छ । संघले विश्व पर्यटन दिवसका अवसरमा सरकारसँग यस्तो माग गरेको हो ।लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी […]
असोज ५, न्यूयोर्क (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले बनाएको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित भएको बताइएको छ ।
फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रा एन्टिबडी उत्पादन गरेको बताइएको छ । कम्पनीले यो खोप ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा प्रयोग गर्ने अनुमति खोज्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिंदैछ ।
यसको अनुमति मिलेमा यो १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई खोप लगाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ । फाइजरको खोप अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ ।
विद्यालय विस्तारै खुल्न थालेको र कोरोना भाइरसको संक्रामक डेल्टा भ्यारिएन्टको बिगबिगीका कारण शिशु तथा बालबालिकाहरुमा संक्रामण उच्च दरमा बढेको छ ।
यस्तोमा १२ वर्ष भन्दाकम उमेरका बालबालिकामा खोपको प्रयोग संक्रमण फैलिन नदिन प्रभावकारी औजार हुने देखिएको छ । तर यस उमेरका बालबालिकाहरुलाई अहिले युवा तथा वयस्कहरुलाई दिइरहेको खोपको एक तिहाई मात्रै लगाइनेछ । मात्रा कम भएपनि उनीहरुमा खोपको दुबै लगाएपछि किशोर किशोरी र युवा तथा वयस्कहरुको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको छ ।
यस उमेर समूहमा खोपका कारण उत्पन्न लक्षणहरु पनि अहिले युवा तथा वयस्कहरुमा देखिरहेको जस्तै ज्वरो आउने लगायतका केही अस्थायी साइड इफेक्ट देखिएको बताइएको छ । एजेन्सी
नेपालले कोभिड विरुद्धको खोप पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोगको आग्रह गरेको छ ।अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि अमेरिकी राजदूत रयान्डी बेरीले शिष्टाचार भेट गदै कोरोनाको खोपको थप मात्रा सहयोग गर्न आग्रह गरेका हुन् । मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट […]
उद्योगी तथा व्यवसायीको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । सोमबार संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष व्यवसायीहरु उच्च जोखिममा रहेकाले तत्काल खोपको ब्यवस्था मिलाउन आग्रह गरेको हो ।व्यवसायीको मागका वारेमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्