१० दिने पर्यटन काज तत्काल कार्यान्वयन गर्न माग

होटल संघ नेपालले ४० प्रतिशत भन्दा बढी नागरिकले कोभिड विरुद्धको खोप लगाइसकेकोले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन पहलको माग गरेको छ । संघले विश्व पर्यटन दिवसका अवसरमा सरकारसँग यस्तो माग गरेको हो ।लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी […]

सम्बन्धित सामग्री

बजेट कार्यक्रमप्रति हान सकारात्मक

काठमाडौं । होटेल एशोसिएशन नेपाल (हान)ले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ । कोरोना  महामारीका कारण अतिप्रभावित होटेल उद्योग तथा पर्यटन क्षेत्रका माग बजेटमार्फत सम्बोधन गरिएको भन्दै हान बजेट कार्यक्रमप्रति सकारात्मक रहेको हो । सरकारले बजेटमार्फत आइसोलेशन सेन्टरकोे रूपमा होटेल सञ्चालन गरेमा मापदण्डअनुसार रकम उपलब्ध गराउनेदेखि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि १० दिनको पर्यटन काज उपलब्ध गराउनेसम्मका विषय सम्बोधन गरेको छ । बजेटसम्बन्धी प्रतिक्रिया सार्वजनिक गर्दै हानले होटेल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरह सुविधा उपलब्ध गराउने, निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छूट दिने लगायत व्यवस्था स्वागतयोग्य भएको बताएको छ । हानले बजेट कार्यान्वयनको अनुगमन गर्न कार्यदल गठन गर्ने उल्लेख गरेको छ । बजेट कार्यक्रम राम्रो आए पनि कार्यान्वयनमा शिथिलता देखिने भएकाले कार्यदल गठन नै गरेर अनुगमन गरिने हानले बताएको छ । जेठ र असारको सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकम सरकारले नै जम्मा गरिदिने निर्णयले रोजगारदाता र श्रमिकलाई राहत मिलेको हानको भनाइ छ । यद्यपि नियमित योगदान गर्नबाट वञ्चित भएकाहरूका लागि समेत राज्यबाट विशेष सम्बोधन र कार्यान्वयन गर्न माग गरिएको छ । श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि स्थापना गरिएको व्यावसायिक निरन्तरता कोषलाई निरन्तरता दिएर होटेल उद्योगलाई राहत दिइएको पनि उल्लेख गरिएको छ । कोभिड प्रभावित व्यवसायीका लागि नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजदरमा प्रदान गरिँदै आएको पुनर्कर्जा सुविधालाई पनि निरन्तता दिइएको छ । थलिएको पर्यटन क्षेत्रलाई राहत दिन आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने योजनाले राहत मिलेको हानको भनाइ छ । सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलव्ध गराइने घोषणा गरिसकेको छ । यस्तै होटेलको करयोग्य आयमा १ प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्‍याइएको छ । यसैगरी हानले होटेल तथा पर्यटन संवेदनशील उद्योग भएकाले सबैभन्दा पहिला प्रभावित भएको र सबैभन्दा ढिलो पनि यही उद्योग पुनःस्थापित हुने भन्दै दूरगामी पुनरुत्थान योजनाको अपेक्षा गरेको छ । नियमित मूल्यांकन, अनुगमन र विश्लेषणबाटै नीति तथा कार्यक्रमको सफल कार्यान्वयन हुने हानले बताएको छ ।