नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले नयाँ सिर्जना बाध्यता भएको बताएका छन् । उनले पार्टीमा बस्ने वातावरण नबनाउने र बाहिर निस्कँदा पनि भ्रम फैलाइएको भन्दै कटाक्ष गरेका छन् । उनले औपचारिक रुपमा पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको पनि बताएका छन् । ‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो,फुटाउँदै छ,कसम तोड्यो भनेर कोलाहल मच्चाएको देख्दा उदेक लाग्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छ