काठमाडौं : साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी मध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल धरौटीमा छुटेका छन्।मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमासमेत आरोपी अग्रवाल जिल्ला अदालत मोरङमा हाजिर भएलगत्तै धरौटीमा छुटेका हुन्।सोमबार आफ्ना कानुन व्यवसायीमार्फत अदालत उपस्थित भएकै दिन थुनछेक बहसपछि ३ लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। ५७ वर्षीय अग्रवाल सुनसरीको धरान उपमहानगरपालिका–३ का बासिन्दा हुन्।सुन तस्करी प्रकरणका मुख्य योजनाकार चुणामणि उप्रेती गोरेले आयात गर्ने सुन