रुपन्देहीबाट विजयी नभएकाहरूले सांसद बन्न १७ लाख जरिवाना

भैरहवा । रुपन्देहीमा गत स्थानीय तहको निर्वाचनमा पराजित बनेका चारजना उम्मेदवारले १७ लाख जरिवाना बुझाएका छन् । ३० वैशाखमा भएको निर्वाचनमा पालिका अध्यक्ष तथा मेयरको प्रतिस्पर्धामा होमिएका ती उम्मेदवार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुन जरिवाना रकम बुझाएका हुन् । स्थानीय तहको निर्वाचनमा आफूले गरेको खर्चको फाँटवारी परिणाम आएको […]

सम्बन्धित सामग्री

क्यान्सर पीडित समाजसेवी राईलाई  १७ लाख आर्थिक सहयोग

भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरुबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो रकम हस्तान्तरण गर्नुभयो । खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईको उपचार […]

सांसद बन्न १७ लाख जरिवाना

भैरहवा– रुपन्देहीमा गत स्थानीय तहको निर्वाचनमा पराजित बनेका चारजना उम्मेदवारले १७ लाख जरिवाना बुझाएका छन् । ३० वैशाखमा भएको निर्वाचनमा पालिका अध्यक्ष तथा मेयरको प्रतिस्पर्धामा होमिएका ती उम्मेदवार आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी हुन जरिवाना रकम बुझाएका हुन् ।  स्थानीय तहको निर्वाचनमा आफूले गरेको खर्चको फाँटवारी परिणाम आएको ३० […]

सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गरेकी छन् । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेकी हुन् ।उनले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गरिन् । उनले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराइन् । बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले

विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने, पूर्वतयारी शून्य

काठमाडौं : मौसमविद्हरूले यो वर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ। यसै वर्षको मनसुनजन्य विपद्‌बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरूले बताइरहेका छन्। यो वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ। जसकारण मौसमविज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्वतयारीका लागि ध्यानाकर्षण गराइरहेका छन्। यो वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकक

यसवर्ष सरदर भन्दा बढी वर्षा हुने पूर्वानुमान,  बेलामै सजग हुन आग्रह

मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । यसवर्षको मनसुनजन्य विपद्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् । यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान

प्रदेश १ को संसद् भवन तयार

विराटनगर । २ करोड ५९ लाख रुपैयाँ लागतमा प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशसभाको नयाँ भवन निर्माण सम्पन्न भएको छ । साविक जिल्ला विकास समितिको सभाहललाई यसअघि प्रदेश संसद् भवनको रूपमा प्रयोग गरिँदै आएको थियो । असोज २२ गते संसद्को पहिलो बैंठक नयाँ भवनमा बस्दै छ । प्रदेशसभा सञ्चालन भएको साढे ३ वर्षपछि बनेको नयाँ भवनको बुधवार प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्घाटन गरेका छन् । भवन निर्माणका लागि श्री स्वामीनारायण निर्माण सेवा धरानले २०७८ वैशाख ३० गतेसम्ममा काम सक्नेगरी सम्झौता गरेको थियो । निर्माण सम्पन्न भएसँगै १६ लाख रुपैयाँको फर्निचर, १६ लाख रुपैयाँको साउण्ड सिस्टम खरीदका साथै १७ लाख रुपैयाँ खर्चेर आन्तरिक सजावट गरिएको छ । प्रदेशसभा सदस्यहरूले प्रदेशसभाको भवन साँघुरो भएको विषय उठाउन थालेपछि २०७७ असोज १ गते सभामुख प्रदीपकुमार भण्डारीले नयाँ भवनको शिलान्यास गरेका थिए । भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले राजधानीमा रहने प्रादेशिक कार्यालयको संरचना निर्माणका लागि जग्गाको खोजीमा सरकार लागेको बताएका छन् । आचार्य विराटनगरमा राजधानी हुनु हुँदैन भन्ने पक्षमा यसअघि लबिङ गर्ने प्रदेशसभा सदस्य हुन् । ‘हामीले जग्गा खोजीका लागि समिति निर्माण गरेर कामको शुरुआत गरेका छौं,’ उनले भने, ‘संसद्ले गरेको निर्णयको आधारमा राजधानीका संरचना निर्माण कहाँ गर्ने भन्ने विषयमा छिट्टै टुंगो लाग्नेछ ।’ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार नवनिर्मित भवनमा सभामुखबाहेक ९२ जना सांसद बस्न छुट्टाछुट्टै टेबल कुर्सीको व्यवस्था गरिएको छ । नयाँ भवनमा सभामुख र रोष्ट्रम भएको क्षेत्रलाई समेत फराकिलो बनाइएको छ । साथै पत्रकार र अन्य मन्त्रालयगत कर्मचारीका लागि पूरै संसद् देखिनेगरी हलको माथिल्लो भागमा बस्ने व्यवस्था मिलाइएको छ । दर्शकदीर्घामा ४० जना अट्ने क्षमता छ, जसमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारका लागि २० र अन्य मन्त्रालयगत कर्मचारी तथा सम्बन्धित व्यक्तिका लागि २० ओटा सीटको व्यवस्था मिलाइएको छ । नयाँ भवनमा टेबल कुर्सी राखेसँगै सांसदलाई कुनै कुरामा समर्थन गर्नुपरे टेबुल बजाउन सजिलो भएको छ । यसअघि कुर्सीको अघिल्तिर टेबुल र माइक थिएन । अहिले टेबुलमै माइक जडान छ ।