निकट भविष्यमा भुक्तानी प्रणालीको दक्षता र सुरक्षामा सुधारका लागि ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’ (सीबीडीसी) सञ्चालनमा ल्याउन सकिने बहस विश्वभर चलिरहेको छ । वित्तीय कारोबारमा डिजिटल मुद्राको प्रयोग गर्न सकिने वा नसकिनेबारे केन्द्रीय बैंक र नियामकहरूले अध्ययन गरिरहेका छन् । उनीहरू विश्वभर सीबीडीसी कार्यान्वयनका लागि एउटा निश्चित फ्रेमवर्क तयार पारेर जानुपर्नेमा सहमत छन् ताकि मुद्रा कारोबारको प्रविधि, ढाँचा र बजारका अभ्यासमा एकरूपता कायम गर्न सकियोस् र त्यसलाई समयानुकूल परिवर्तनसमेत गर्दै लैजान सकियोस् ।