कमलपोखरी निर्माण: के बनिसक्यो, के बाँकी छ?

धेरै विरोधका बाबजुद काठमाडौं महानगरले कमलपोखरीमा काम रोकेन। अहिले यहाँको काम लगभग सकिन लागेको छ। निर्माण अन्तिम चरणमा पुगिसक्दा यहाँको प्रहरी चौकी र स्पोर्ट्स क्लब हटाउनुसँगै पोखरीमा पुल र बत्ती राख्ने लगायत काम भइसकेको छ।

कमलपोखरीलाई २०७६ सालको असारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर-१ का अध्यक्ष भरतलाल श्रेष्ठले शिलान्यास गरेर निर्माण थालेका थिए। करिब नौ करोड ४७ लाख रूपैयाँ बजेट यसका लागि महानगरले छुट्याएको थियो। जय धनञ्जय (कँडेल निर्माण सेवा) ले करिब साढे ६ करोडमा निर्माण सम्पन्न गर्ने भनेर टेन्डर लिएको हो।


काठमाडौं महानगरपालिकाले चैत मसान्तसम्म कमलपोखरी बनाइसक्ने योजना बनाएको थियो। तर कहिले ठेकेदारले काम ढिलाइ गर्‍यो, त कहिले सम्पदा अभियन्ताको विरोधले योजनाअनुसार निर्माण हुन सकेको थिएन। केही समयअघि सम्पदा अभियन्ताले पोखरीको ऐतिहासिकता र मौलिकता नबचाएको भन्दै महानगरको काममा विरोध गरेका थिए। उनीहरूले पोखरीबीच कंक्रिटको कमल फूल राख्न खोजेर पोखरी मास्ने काम गरेको भन्दै आपत्ति पनि जनाएका थिए।


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७८ वैशाख २२, बुधबार

आज '४० जिल्लामा पुरै र १२ वटामा आंशिक निषेधाज्ञा', 'विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने', 'रेल्वे विधेयक संसद्‍मा अड्काएर अध्यादेश', 'संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल', 'बाइडेनले अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थीको संख्या चार गुणा बढाए' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख २०, सोमबार

आज गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ, कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति, वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव लगायतका विषयवस्तुहरूलाई यहाँ समावेश गरिएको छ।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख १७, शुक्रबार

आज एक सातामै १९ वर्षमुनिका २५ सय बढीमा कोरोना संक्रमण, अस्पतालमा शय्या उपलब्ध गराउन नसिक्ने स्थिति आएको स्वास्थ्य मन्त्रालयको दाबी, पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने, केजरीवालले जनतालाई असुरक्षित छाडेको भाजपा संसदको दाबी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा आज : २०७८ वैशाख १५ गते, बुधबार

बुधबार १५ हजार जनाले लिए आन्तरिक हवाई उडान, गत वर्षकाे पीडा सम्झेर गाउँ फर्कनेकाे लर्काे आज पनि उस्तै, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित लागायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरी: आज - २०७८ वैशाख १४ गते मंगलबार

आज विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि, उपत्यका छाड्ने संख्या बढ्दो, अक्सिजन अभाव हुन् नदिने सरकारको प्रतिबद्धता, गण्डकीमा 'फ्लोर क्रस' को डरले विपक्षी सांसदहरुको होटलमै बास लगायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

भयावह बन्दै कोरोना: यस्तो छ आजको कोरोनासम्बन्धित सम्पूर्ण गतिविधिहरू

कोरोनाको दोस्रो लहरका कारण विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि गरिरहेका छन्। यहिबीच उपत्यका छाड्नेको संख्या बढ्दो छ, पछिल्लो दुई दिनमा मात्र १ लाखले उपत्यका छाडीसकेका छन्। खोप लिनेहरूको लाम पनि उस्तै बढ्दो छ। यता अक्सिजन अभावको हल्ला फैलिरहँदा सरकारले संक्रमितका लागि अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जनाइरहेको छ।

छोटकरी सम्पादक