सरकारले आजबाट स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड लागू गर्ने भएकाे छ। साेमबार बसेकाे मन्त्रिपरिषद्काे निर्णयअनुसार नयाँ मापदण्ड लागू हुने भएकाे हाे। त्यस्तै सरकारले काेराेना बढ्दै गएपनि तत्काल विद्यालय बन्द नगर्ने भएकाे छ। यसअघि मन्त्रालयमा बसेकाे सराेकारवालाहरूकाे बैठकले विद्यालय सञ्चालन वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने माग राखेकाे थियाे।