गुप्तचर निकायले सरकारलाई विप्लव समूहकाे अपराधिक गतिविध जारी रहेकाे रिपार्ट बुझाएकाे छ। निकायले विप्लव समूहले सरकारसँगकाे वार्तालाई कार्यकर्ता रिहा गराउने, प्रतिबन्ध फिर्ता लिने अवसरका रूपमा लिएकाे बताएकाे छ। त्यस्तै समूह चन्दाधन्दामा सक्रिय रहेकाे समेत बताइएकाे छ। समूह थप अराजक र अपराधिक बन्दै गएकाे भन्दै सुरक्षा सतर्कता अपनाउनसमेत आग्रह गरिएकाे छ।
यसअघि विप्लव समूहसँग सरकारले वार्ता गरेकाे थियाे। वार्तामा समूहमाथि सरकारले लगाएकाे प्रतिबन्ध फिर्ता लिएकाे थियाे भने नेता कार्यकर्तालाई लागेका मुद्दा फिर्ता लिने सहमति भएकाे थियाे।