काेराेना संक्रमणकाे खतरा रहेकाे भन्दै विद्यालय बन्द गर्नेबारे सरकारले गृहकार्य थालेपछि सराेकारवालाहरूले तत्काल विद्यालय बन्द नगर्न सुझाव दिएका छन्। विद्यालय सञ्चालन वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने उनीहरूकाे सुझाव छ। यसअघि सीसीएमसीले विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेकाे थियाे। मन्त्रिपरिषदकाे बैठक आज बस्दैछ।
उता दुई सातामै काेराेनाबाट २ सय ७१ बालबालिका काेराेना संक्रमित भएका छन्।